हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा शिक्षाको ज्योति फैलाउने उपेन्द्र प्रसाद सिंह सम्मानित

हल्दिबारी, २ फाल्गुण । सिग्मा इङ्गलिस स्कुल हल्दिबारी २ ले विद्यालयको २९ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शिक्षासेवी उपेन्द्र प्रसाद सिंहलाई उहाँले शिक्षाको क्षेत्रमा हल्दिबारीमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

Advertisement

प्रदेश सभा सदस्य माननिय छविलाल चुडालको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल नरेश पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा उहाँलाई दोसल्लाहा ओढाएर सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रमलाई प्रमुख अतिथि छविलाल चुडाल, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन सम्मानित ब्यक्तित्व उपेन्द्र प्रसाद सिंह, हल्दिबारी मा.वि.का संस्थापक प्र.अ. नरेन्द्र कुमार कार्की, रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरु विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Advertisement

सोहि अवसरमा भवदेवी स्मृति छात्रा पुरस्कारबाट एस.ई.ई. परीक्षामा जि.पि.ए. ३.५५ सहित उत्कृष्ट नतिजा हासिल गर्न सफल एन्जल फ्याक लिम्बुलाई समेत नगद रु.१० हजार सहित प्रशंसा–पत्र द्वारा सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल नरेश पराजुलीले विद्यालय र बार्षिकउत्सवको औचित्य माथि प्रकाश पार्नु भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका साहायक प्रिन्सिपल नेत्र प्रसाद लुइटेलले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण शिक्षक गोपाल गौतमको रहेको थियो ।

विद्यालयले हल्दिबारीकै पहिलो प्रधानाध्यापक एवं शिक्षासेवी उपेन्द्र प्रसाद सिंहलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ :–

राष्ट्रिय प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा आयोजित यस विद्यालयको एक सभ्य र भव्य समारोह विच सम्पन्न २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा एक निष्ठावान दिर्घसेवी र हल्दिबारी क्षेत्रको औपचारिक शिक्षाको सुत्रधारका रुपमा रहनु भएका आदरणीय शिक्षक सरस्वती आधारभूत विद्यालयका पुर्व प्रधानाध्यापक भद्रपुर निवासी उपेन्द्र प्रसाद सिंहलाई सम्मान गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस भएको छ ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा पिता फुलगेन र माता पार्वतीदेवी सिंहको कोखबाट वि.सं. २००५ श्रावण ११ गते जन्म लिनुभएका तपाईं हामी विच चिर परिचित ब्यक्तित्व ‘उपेन्द्र सर’ स्थानिय तत्कालिन सखरा प्राथमिक केन्द्रबाट प्रा.वि., वि.के.एस. हाई स्कुल जटुलिया जनकपुरबाट माध्यमिक तह अनि बिहार विश्व विद्यालयबाट उच्च शिक्षा हासिल गर्नु भयो । रेन्जरको रुपमा नियुक्ती हुनु भएका आफ्ना दाजु संगै वि.सं. २०२३ मा झापा बसाईका क्रममा यस हल्दिबारी क्षेत्रको शिक्षा र चेतनाको दियो बाल्ने पेशा शिक्षण पेशामा आवद्ध हुनुभयो ।
तत्कालीन समयमा नरनारायण सिंह टोली प्रमुख भई हल्दिबारीको शिक्षाको अवस्था र कुन कुन ठाउँमा विद्यालय आवश्यक छ भनि गरिएको अनुसन्धानको क्रमममा आदरणीय उपेन्द्र सरकै सुझाव बमोजिम हालको लक्ष्मी मा.वि. तत्कालीन अनिवार्य तथा निशुल्क शिक्षा केन्द्र १, सरस्वती आ.वि. केन्द्र २, हल्दिबारी मा.वि. केन्द्र ३ र महेन्द्र मा.वि. केन्द्र ४ को रुपमा स्थापित गराई दर्पनारायण दास, अविलाल हेमरम, बातिकराम चौधरी र राम बहादुर चौधरीलाई शिक्षकको रुपमा नियुक्त गरि चारैवटा केन्द्रको प्रमुख तथा तत्कालिन प्र.अ. सचिव भई कार्यभार सम्हाल्नु भयो । हालको लक्ष्मी मा.वि. स्थापना गर्न समाजसेवी कुपित नारायण किस्कुले १ विघा जमिन निशुल्क अनुदान दिएको र सन्ठीको टाटी लगाएर विद्यालय निर्माण गरेको कुरा सम्झिँदा तत्कालीन समयमा समाजसेवाको भाव साथै संर्घषमय रहेको र पछि वि.सं. २०२४ मा नरेन्द्र कुमार कार्कीको नियुत्ती पछि भने शैक्षिक गतिविधि संचालनमा सहजता मिलेको बताउँनु हुन्छ ।
शिक्षण पेशा साँच्चिकै एक सामाजिक सेवाको रुपमा रहनु पर्ने र शिक्षकको सिकाउने शैली रचनात्मक, प्रयोगात्मक र बालमैत्री हुनु पर्ने साथै विद्यार्थीको विकास र अनुशासनमा घरायसी वातावरणको भुमिका प्रधान रहने उहाँको ठम्याई छ । सफलताको लागि विद्यार्थीले अति नै मेहनत गर्नुपर्ने र अतिनै माया–ममता पनि कहिलेकाही प्रत्यूत्पादक सावित हुन सक्ने तर्फ अभिभावकले सचेत हुन आग्रह गर्नुहुन्छ । शिक्षक सवैको लागि एक कुशल मार्गदर्शक हो र हुनु पनि पर्छ अनि राजनितिक प्राणी भए पनि विद्यालयमा कुनै पनि बादलाई अस्विकार गरि शिक्षाको उदेश्य केवल असल समाज निमार्ण गर्नुनै हो भन्ने मान्यता राख्नु हुन्छ । यस अघि हल्दिबारी मा.वि., लक्ष्मी मा.वि लगायत दर्जनौ संघ संस्थाबाट कदर पत्र र सम्मान पत्रबाट विभुषित वहाँ वि.सं. २०५६ साल सम्म तत्कालीन सरस्वती प्रा.वी., पाराखोपीमा प्र.अ.को रुपमा रहनु भएका उपेन्द्र सर हाल एक आत्म सम्मानपुर्ण जीवनमा रमाई रहनु भएको छ । आफ्ना सन्तानहरु मध्ये एक कुशल डाक्टर र अर्को कुशल इन्जीनियरको रुपमा स्थापित गराउनमा हामीले उपेन्द्र सरको आदर्श चेतना, कर्तव्यनिष्ठा र इमान्दारिताको प्रतिविम्वको रुपमा लिएका छौं ।
जीवनका ख’ट्किलाहरु उत्तरार्धतर्फ अघि बढ्दै गर्दा, हामी उहाँको स्वस्थताको, सरलताको र सहजताको कामना सहित, उहाँले भनेझै “जीवन एक स्वभाविक र सहज प्रक्रियाको रुपमा सामाजिक सेवामा लागेर अघि बढोस्”, समाजलाई शिक्षाको क्षेत्रमा उहाँले आफ्नो अन’भव र चेतनाको माध्यमबाट सुवास छर्न सदा सफल रहि रहन’होस् भन्ने सतत् सदीक्षा सहित यो सम्मान पत्र प्रदान गर्दछौं ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)