हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

न्यु स्टारको २२ औं  स्थापना दिवस भव्यताका साथ सम्पन्न 

हल्दिवारी , २ फाल्गुन । न्यू स्टार इङ्लिस स्कुल हल्दिबारी-५ झापाले २२ औं  स्थापना दिवस तथा  अभिभावक भेला   विविध सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ ।
           विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार दंगाल अध्यक्षता तथा हल्दिवारी उधोग बाणिज्य संघका सदस्य  युवा उद्यमी समाजसेवी महेश मेचेकाे प्रमुख आतिथ्यतामा सरस्वती पुजा सहित २२ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि मेचे ,जलथल गाविस  पुर्व अध्यक्ष डिल्ली शर्मा पोख्रेल , नेकपा एमाले नेता हरि गौतम , नेपाली काङ्ग्रेस नेता भानु प्रसाईं , वडा नम्बर ५ का वडा सचीव भजन सङौला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
उक्त  कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रधानाध्यापक याम दंगाल सराेवरले गर्नु भएको  कार्यक्रमको सञ्चालन बिष्णु दंगालले गर्नु भएको थियो।
कार्यक्रममा विशेष अतिथिहरु  धनकुमारी गुरुङ, कृष्ण कुमारी बिमली, गाेविन्द गौतम, धन बहादुर गौतम, काेपिला सुरुवाल, प्रेम काम्बाङ्ग , याम गिरी, भरत फागाे, दिपक तामाङ लगायतकाे उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूले विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित मनाेरञ्जन प्रदान गरेका थिए।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)