हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

वैदिक गूरूकुल आचार्य शिक्षा पद्धति माथि हमला र कारण :आचार्य रामचन्द्र

आचार्य रामचन्द्र

अठाराै सताव्दिमा म्लेच्छ र असभ्यकाे देश वेलायतवाट एक संसदिय प्रतिनिधि समूह भारत भ्रमणमा अायाे।साे समुहले भारतमा संभव भए सम्मका स्थान भ्रमण गरि भारत र नेपालमा प्रचलित शिक्षा प्रणालीकाे अध्ययन गर्याे र उसले वेलायतमा प्रतिवेदन गर्याे।उसले धेरै विषयमा प्रतिवेदन दिएकाे छ तर यहाँ अाशिक रुपमा शिक्षाप्रणालि वारेकाे विषयमा प्रकाश हालिने छ।

Advertisement

उसकाे प्रतिवेदन अाज पनि वेलायति संग्रलयमा पाईन्छ (research scholars of the indian and uk) । साे प्रतिवेदन अनुसार भारतमा करिव 70% शाक्षरता थियाे र भारत नेपालका करिव ७ लाख गाऊ समुदायहरुमा प्राचीन गुरुकुलिन शिक्षा पढाइ हुन्थ्याे ।भारतमा मुगल मुस्लिम अाक्रमणवाट पनि वैदिक गुरुकुल शिक्षा प्रणालि वचेकाे थियाे।वेलायति प्रतिनिधि मण्डल र विषाक्त मानसिकता वाेकेकाे वर्वरहरुकाे छद्मभेषिटाेलिकाे नियत यति खराव थियाे कि भारतलाई कसरी लुट्न र सम्पत्ति कव्जामा लिन सकिन्छ वा यहाकाे गुप्तधन कस्ताे छ यसवारे अाकलन गर्न थियाे।

Advertisement

अस्सभ्य र वर्वरहरुका टाेलिले जब ग्रामिण भेगकाे भ्रमण गर्याे त्याे त्यतिवेला नै विचलित हुन पुग्येा।किनकि गाउमा एति असल शान्त र नैतिकवान मानिस र समूह देखा पर्याे उसले याे कहिल्यै कल्पना सम्म गरेकाे थिएन।सदाचार ,मेहनत, जीवन, कर्म भाग्य, पाैरख र अनुशासन भारतिय गाउँ गाउमा उच्चकाेटिकाे थियाे।अपराध कर्म नगर्ने मिलेर वस्ने र कहिल्याै चाेरि नहुने भारतिय गाउले समाज दृखेर साे भ्रमणदल निकै प्रभावित भयाे।

याे समयमा भारतका शहर र कतिपय गाउमा मुगल, मुस्लिम र ईरानि,अफगानि र युराेपियन लुटेराहरुकाे विगविगि वढिरहेकाे कारण भारतिय समाज र नेपालमा पनि मनाेवैज्ञानिक असर र केही वादल मडारिन लागेका थिए।वेलायति प्रतिनिधि समुहले अाश्चर्य चकित प्रतिवेदन वेलायति संसदमा पेश गर्याे जसकाे निश्कर्ष याे थियाे कि भारतम सवै गाउमा शिक्षा र चेतना छ र नेपालमा भन्ने उत्तरी ठाउमा ठुलाे र सभ्य समाज छ जहाँ मन्दिर घर ,धारा पनि सुनले वनेका छन र कसैले चाेरी गर्देैनन तथा उच्च शिक्षित र सभ्य समाज छ।सवैले अाअाफ्नाेकाम गर्छन र शुखि समाज छ याे समाजमा नियन्त्रण गरेमा वेलायतलाई २०० वर्षलाई पुग्ने धन जम्मागर्न सकिन्छ।

याे प्रतिवेदन वुझाएकाे निकै वर्ष सम्म वेलायतले अध्यन गर्याे र व्यापारकाे शैलिका सेना र कर्मचारी पठाई राज्य कव्जाके नीति र धन हरण याेजना कार्यान्वयन गर्याे।सा वेलायति प्रतिनिधि समुहले भारतलाई दीर्घकालीन कव्जा गर्ने हाे भने भारतकाे संस्कृत र गुरुकुलिन शिक्षा पद्दतिलाई पुरै समाप्त गर्नु पर्ने ठहर गरेका थियाे।

लुटेरा वेलायतिकेा याे याेजना अनुसार भारतमा सवै गतिविधि हुदैगए।उसले गठन गरेकाे ईष्ट ईन्डिया कम्पनि र उसका सेनाले जर्मन र फान्सेली सेना भारतवाट धपाए पछि एकछत्र अाततायि,खुनी शासनकाे अारम्भ गर्याे र भारतलाई सधै कव्जामा राख्ने र सवै सम्पत्तिमा अधिकार गर्ने र सवैभारतियलाई नाेकरवनाउने याेजना अनुसार व्यापक नरसंहार र अाततायि हर्कत मार्फत शासन चलाउन थाल्याे।

उसले कानुनकाे हवाला दिदै सवै भारतियलाई दास वजाउने र असभ्यहरुकाे प्रतीक वेलायति महारानिलाई देवत्वकरण गरि उसलाई मान्ने मात्र वेलायति प्रशाशनकाे नजिक हुने व्यवस्था विकास गर्याे।त्यसैक्रममा भारतमा सवै संस्कृत शिक्षा प्रणालिलाई प्रतिवन्ध लगायाे र गुरूकुल बन्द गराउन उर्दि लागायाे र संस्कृत विद्वानहरुकाे खाेजिखाेजि हत्या गर्ने र जेलमा राखेर मार्ने काम गर्याे।संस्कृत वटुकलाई गाईकाटेर खुवाउने र नमानेमा श्रक कैद वा जेल वा मृत्यु देखाउने खुनी शासन सुरू भयाे याे काम सन १७२० देखि १७८० सम्म चलाईयाे।यसरी भारतका प्राय सवै ठाउमा गुरुकुल शिक्षा प्रणालिमा दमन गरियाे।त्यसकाे लामाे समय पछि भारतमा indian education ect नामक कालाे कानुन लागू गर्दै भारतमा अंग्रेजि शिक्षा प्रणालि लागू गराईयाे र अंग्रजि नै विश्वकाे सभ्य भाषा र विज्ञान हाे भनेर भारतमा करिव 150 वर्ष प्रचार गरियाे।

यसरी राज्यकाे मुल प्रवाहमा असभ्य विदेशि र उनिहरुका अनुचर तथा पापिष्ट भाषा अंग्रेजिलाई वनाई सवै काम काज ,सरकारी सवै भाषा अंग्रेजीकरण गरियाे र सवै ईतिहास र साहित्य ,रकम र वलका भरमा अंग्रेजकाे गुण गान र सम्मानमा निर्माण गरि विश्व भर प्रचार गराई भारतका सवै ईतिहास र विद्राेहकाे दमन तथा सवै अंग्रेजकाे ईच्छा वमाजिम शिक्षा र राेजगार प्रणाली विकास गरि भारतिय समाजमा 195 वर्ष सम्म अाततायि शासन चलाई भारतिय वैदिक सभ्यतालाई नष्ट विनष्ट गराई छाडियाे ।

यसका लागि वेतने अनुसन्धान कर्ता र लेखक तयार गरि वेद, पुराण, ईतिहास र भाषा माथि व्यापक भ्रम र ताेरमराेढ गरियाे।कति सम्म भने पुराण नै नया तयार गरि १९ अाै पुराण वनाई ईशाई प्रचार गरियाे।भने वेद भनेकाे गाेठालाका गित हुन याे असभ्य मानिसकाे भाेगाई हा भनेर प्रचार गराईयाे, र प्रतवन्ध लगाईयाे।त्यसै गरि सवै शिक्षा प्रणालिलाई भ्रष्टिकरण गरि धर्म भनृकाे केवल ईशाई हाे र संसार ईशाई धर्म नै प्राचीन हाे भनेर पढाउन थालियाे।

तर याे कुरा जर्मनहरुलाई मन परेकाे थिएन।जर्मन ईशाई भए पनि जर्मन अनुसन्धान कर्ता र विद्वानले याे वेलायति हर्कत राम्राे संग जानेका थिए।भारतिय समाजका कराडाै हस्तलिखित ग्रन्थ समुद्रमा फालेकाे जलाईएकाे र माटाेमा पुरेकाे उनिहरुले दृखेका थिए।याे भयावह र बीभत्स कुकृत्य वाट वचाउन केही जर्मनहरुले नेपाल र भारतवाट गुुप्त रुपमा ग्रन्थकाे संकलन गरि संरक्षण र अध्यन हेत जर्मन लगियाे।याे कुरा सन १८६५ पछिकाे हाे।

यराेपकाे नस्लिय अातंकवाद वेलायतवाट सुरु भई उनै युराेपियनदेशहरुले पनि अनसशरण गरे उनिहरुले अफ्रिकाकाे सवै भाषा सभ्यता नष्ट गरे त्यसै गरि उत्तर र दक्षिण अमेरीकि प्राचीन सभ्यता ,भाषा धर्म शिक्षा,जनजिवन समाप्त गरे ,अाज उनै खुनी युराेपियनकाे भाषा र शिक्षा चलेकाे छ।

तर भारतिय समाजमा गरेकाे याे अत्याारले वैदिक गुरुकुलिन शिशा पद्तिलाई समाप्त पार्न सकेन नर मृत्यु सैयामा भने सुतायाे। अाज सम्म ३०० वर्ष देखि लागू गरिएकाे निकृष्ट शिक्षा र भाषा राजकिय भैरहेकाे छ
नेपालमा पृथ्वि नारायण शाहकाे मृत्यु पछि याे वाछिटाले छायाे।राणाकालमा शिक्षा माथिकाे प्रतिवन्ध र राजकिय रुपमा अंग्रजी शिक्षाकाे सुरुवातले नृपालमा वैदिक गुरुकुलिन शिक्षा प्रणालि पुरै तहस नहस भयाे।विद्वाज मरेर गए र समाज सवै गाेठाला हलिमा परिणत भए।१०० वर्षकाे राणाकालले नेपाल पुरै अन्धकार र सवै पुस्ता लाटागाँडा वनाईयाे र नेपाल संवरण युगवाट घाेर पतन र अशिक्षामा परिणत भयाे तथा अनेकन विकृति रुडिवादमा परिणत भयाे।

विश्वमा र भारतमा अंग्रेजकाे उदय र शासनले पारेका प्रभाव तथा नेपालकाे राणाकालिन अंग्रेजमाेहले ज्वलन्त वैदिक सभ्यता तहस नहस भयाे।२००७ सालकाे कथित परिवर्तनले नेपालमा असभ्य अंग्रेजकाे संस्कार र भाषा तथा शिक्षा प्रणालिलाई अंगिकार गर्याे र विश्वमा विकास भएकाे अंग्रेज मतलाई वढावा दियाे।अंग्रजी पढ्नु नै विद्वान र सभ्य हुने ३०० वर्ष देखिकाे प्रचारले पुर्णता पायाे।

फलस्वरूप विश्ववाट गुरुकुल अाचार्य वैदिक शिक्षा प्रणालिलाई हत्या गरियाे।२०२८ सालकाे कथित अाधुनिक शिक्षा पुरै घातक र विदेशि तथा अात्माहन्ता एवं असभ्य वेलायतिहरुकाे दासता स्विकार गरि लागू गराई सभ्यता र भाषा, धर्म र संस्कारमा प्रहार गरियाे र नास्तिक ,चाेर, भ्रष्ट ,पुर्खा नचिन्ने दास नाेकर उत्पादन गराईएकाे छ।विश्वभर मजवुरी विकास गरिएकाे छ।कथित अंग्रेजि असभ्य शिक्षाले स्वत्व नष्ट गरेका छ र मजदुर र खैरेका दास र लाैरे उत्पादन गरि नेपाली समाजलाई पुरै भ्रष्टिकरण गराईएकाे छ।

यश प्रकार वैदिक गुरुकुल सभ्य र उन्नत संस्कृत गुरुकुल शिक्षा प्रणालि उपेक्षा गराई गर्भवाटै शिशुकाे हत्या गरिदै छ।याे वर्वर ईतिहास नजानेका र एङ्लाेकृश्चियन अाईडियाेलाेजीवाट तयार पारिएकाे विकृत शिक्षा अध्ययन गरेका अन्ध पाखण्ड दासवादि र डलरवादि निच विद्वानहरुले हाम्राे संवरण युग र महिमालाई कहिल्यै जान्न वुझ्न सक्दैनन।

त्यसैले अाजकाे लडाई कुनै पक्षकाे विनास नगरी विशुद्द विज्ञान र ज्ञानकाे माध्यमवाट विश्वव्यापि रुपमा हाम्राे वैदिक सभ्यता र महानतालाई पुनर्जिवित तुल्याउनु हाे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)