हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

१२ वर्षीय दाइले गरे डेढ वर्षका भाइको हत्या

 धनगढी,कैलालीमा १२ वर्षीय दाइले आफ्नै डेढ वर्षका भाइको हत्या गरेका छन्।आमा जंगलमा घाँसदाउरा गर्न गएका बेला कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ मा १२ वर्षीय दाइले डेढ वर्षका भाइको कुटपिट गरी हत्या गरेका हुन्।

Advertisement

उनले भाइलाई हात र लठ्ठीले कुटपिट गरी घाइते बनाएका थिए। गम्भीर घाइते भएका डेढ वर्षका भाईको उपचारका क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकका बुबा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। भाइको हत्या गर्ने दाइलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)