समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री लाई सन्तुलित आहार दिन थालियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा प्रमको स्वाश्थ्यमा क्रमिक सुधारका लक्षणहरु देखिन थालेको उल्लेख छ ।

Advertisement

‘प्रधानमन्त्रीको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य छन्’, अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खडगाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

त्यस्तै, प्रधानमन्त्रीको मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article