हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयको २९ औं बार्षिक उत्सव सम्पन्न 

अभिषेख खतिवडा / हल्दिबारी,२४ फाल्गुन  । हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयको २९ औं बार्षिक उत्सव एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन रहेका थिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन ,हल्दिबारी गाउँपालिका वडा नं-३ का अध्यक्ष बिष्णु ओली,प्याब्सन कोशी प्रदेश सदस्य जिवन भट्टराई ,समाजसेवी महेश मेचे ,विभिन्न बिद्यालयका प्रधानाध्यापक ,बिद्यालय प्रतिनिधि ,सञ्चारकर्मी ,प्रहरी,अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सभ्य र भव्य सग सम्पन्नको लागि कामना गर्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन , वडा नं-३का वडा अध्यक्ष बिष्णु ओली,प्याब्सन कोशी सदस्य जीवन भट्टराई,महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक च्रक बस्नेत,हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक बहादुर तामाङ ,समाजसेवी महेश मेचे र राम कुमार राजवंशीले आआफ्ना शब्दले शुभकामना मन्तव्य राखेका थिए।
बार्षिक उत्सवकै अवसर पारेर बिद्यालयले एसईइ २०७८ र २०७९ का उत्कृष्ट विद्यार्थी रोहित शाह र रोजिना आचार्यलाई सम्मान गरेको थिए।सगै बिद्यालयमा उत्कृष्ट अभिभावक दिल बहादुर गुरुङ्ग र कोपिला सिरुवाललाई पनि सम्मान गरेको थियो।बिद्यालयमा उत्कृष्ट शिक्षकको रुपमा मनोज सुवेदी सम्मानित भए भन्ने सात लाख बराबरको खानेपानी प्यालन्ट फिल्टर बिद्यालयलाई निस्वार्थ सहयोग गरेकाले विद्यालयले महेश मेचेलाई पनि सम्मान गरेको थियो।
विद्यालयका प्रधानाध्यापक पुन्य बजगाईले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षिका मिना पौडेलले गर्नु भएको थियो।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)