हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

तारामणि सापकोटाको आम सञ्चार र समावेशी पत्रकारिता पुस्तकको विमर्श

भद्रपुर । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक कृति आम सञ्चार र समावेशी पत्रकारिता कृतिको बारेमा भद्रपुरमा चर्चा परिचर्चा गरिएको छ ।

Advertisement

Advertisement

रिडर्स क्लब भद्रपुरको आयोजनामा भद्रपुरमा स्थानीय बुद्धिजीवि, जनप्रतिनिधि तथा शिक्षा र पत्रकारितासित सम्बद्ध व्यक्तिसित कृतिभित्रका विषय बस्तु बारेमा विमर्श गरिएको हो ।

कृतिको समीक्षा गर्दै समीक्षक तुलरामसिंह राजवंशीले पुस्तक भित्र वर्तमान संविधानले परिकल्पना गरेको समावेशी सिद्धान्त र व्यवहारिक प्रयोजनको खोजी मूल विषय रहेको जानकारी दिए ।
यस्तै पत्रकार तथा समीक्षक मोहन काजीले समावेशीताका नाममा सिमित वर्गले उपयोग गरिरहेको अधिकार बास्तविक वर्गमा पुर्याउने चेतना पुस्तकको मुल विषयमा गासिएको प्रष्ट पारेका थिए ।

रिडर्स भद्रपुरका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक सापकोटाले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा समावेशीताको सिद्धान्त अपरिहार्य भए पनि लक्षित वर्गले वर्तमान संविधानको परिकल्पना अनुकुल समावेशी हुन नपाएको परिस्थिति प्रष्ट पार्न खोज अनुसन्धान मार्फत वास्तविकता बाहिर ल्याउने प्रयास गरेको जानकारी दिए ।

कार्यक्रममा विभिन्न व्यक्तिले पुस्तक भित्रका अन्र्तवस्तुका बारेमा जिज्ञासा समेत राखेका थिए भने सहजीकरण कृति राइले गरेकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)