स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चीनद्वारा कोरोना भाइरसको एन्डीबडी तयार, २९ मिनेटमै असर गर्ने

एजेन्सी, २५ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस ९कोभिड १९० ले विश्व नै त्रसित भएको छ । उक्त भाइरसको भ्याक्सिनको निर्माणका लागी वैज्ञानिकहरु तिव्र गतिमा लागिपरेका छन् । कोभिड १९ का लागि एन्टीबडी निर्माण भइसकेको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले जनाएको छ ।

Advertisement

उक्त एन्टीबडीले शरीरमा गएर २९ मिनेट भित्र असर गर्ने जनाइएको छ ।जियामेन विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले शंकास्पद केस, उच्च जोखिममा रहेका विरामीहरु माथि प्रयोग गर्ने बताइएको छ । उक्त एन्टीबडी कोरोना उत्पति भएको हुबेई प्रान्तको उहान शहरका अस्पतालमा परिक्षण गरिएको जनाइएको छ ।

Advertisement

न्यूक्लिक एसिड र एन्टीबडीको संयूक्त साझेदारीमा भाइरस सजिलै पत्ता लाग्ने जनाइएको छ । उक्त एन्टीबडीलाई चीन सरकार, यूरोपियन यूनियन, इटली, अस्ट्रिया र नेदरल्याण्ड जस्ता देशहरुले स्वीकृत गरिसकेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article