हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारीमा लायन्स क्लब अफ भद्रपुरको आयोजनामा VIA टेस्ट शिविर सम्पन्न

हल्दीबारी, १ चैत । हल्दीबारी गाउँपालिका वडा नम्बर ५ मा महिलाहरुको पाठेघर सम्बन्धि ( VIA ) टेस्ट ११० जनाको निशुल्क गरिएको छ ।

Advertisement

लायन्स क्लब अफ भद्रपुरको आयोजनामा भएको एकदिने VIA टेस्ट शिविर वडा अध्यक्ष खडग बहादुर लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

Advertisement

लायन्स क्लब कि सदस्य स्व. उषा रेग्मीको स्मृतिमा लायन्स / लियो क्लब अफ भद्रपुरको आयोजना तथा हल्दीबारी – ५ को समन्वयमा VIA टेस्ट शिविरको आयोजना गरिएको क्लब कि अध्यक्ष सर्मिला अधिकारीले बताउनुभयो ।

नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोग रहेको शिविरमा यस क्षेत्रका महिला दिदिबहिनीले निशुल्क चेकजाँच गराएको वडा सचीव भजन सङ्रौलाले बताउनुभयो ।

महिलाहरुको पाठेघर सम्बन्धि ( VIA ) टेस्ट सम्बन्धि एक दिवसीय शिविर उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि वडा अध्यक्ष लावती , लायन्स क्लब अफ भद्र्पुरकी अध्यक्ष सर्मिला अधिकारी , नेपाल परिवार नियोजन संघ झापाका अध्यक्ष लोकनाथ भट्टराई , lions zone chairperson मनोज बानियाँ लगायत महानुभावले शिविरको महत्त्व र आयोजनाको बारेमा मन्तव्य राख्नु भएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा रास्ट्रिय झण्डा र क्लब झण्डाको अभिवादन क्लब कि द्वितीय उपाध्यक्ष उर्मिला गौतमले गर्नुभएको थियोे भने स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष राजवंशीले गर्नु भएको कार्यक्रमको संचालन क्लब कि सचीव पार्वती ओझाले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)