हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

जन कल्याण प्रतिष्ठानको भेला सम्पन्न

बिर्तमोड / जन कल्याण प्रतिष्ठान झापाको भेलालाई सम्बोधन गर्दै राष्ट्रिय कोषाध्यक्ष सुनिल अग्रवालले देशमा बढ़दो धर्मान्तरणलाई निरुत्साहित गर्न समुदायको भूमिका महत्वपूर्ण रहेको बताए ।

Advertisement

उनले हिन्दू समाजका बाल बालिकाहरुलाई समुदाय संग जोडर सस्कारित शिक्षाको माध्यम ब्दारा अगाडि बढ़ेमा समाजमा देखिएका समस्याको निराकरण हुने बताएका थिए  ।

Advertisement

प्रतिष्ठान झापाका उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षता र सचिव देवेन्द्र किशोर ढुङगाना ब्दारा संचालन गरेको सो भेलामा बिश्व हिन्दू परिषद झापाका अध्यक्ष होमनाथ ढुङगेल,प्रतिष्ठानका प्रदेश प्रमुख योगमाया नेउपाने, बिष्णु कुमार आचार्य, दुर्गा प्रसाद खरेल लगायतका बक्ताहरुले हिन्दू धर्म, सस्कृतिको संरक्षणमा सबैको दायित्व रहेको कुरामा जोड़ दिएका थिए  ।

भेलाले प्रतिष्ठान झापा समितिको सदस्यमा बिष्णु कुमार आचार्य { बुद्ध शान्ति गापा.}, मुरारी प्रसाद पोखरेल { भद्रपुर नपा.} लाई मनोनयन गरेको छ  ।

त्यसै गरी प्रतिष्ठानको भाग समितिमा झापाबाट ईश्वर प्रसाद पोखरेल र ईश्वरा तिबारीलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ l

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)