हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

मंगलदिप सहकारीको आयोजना ६४ जनाले गरे रक्तदान

मकवानपुर/ मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १०औं स्थापना दिवसकाे उपलक्ष्यमा थाहा नगरपालिका स्थित बिकासघरकाे सभाकक्षमा  बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा थाहा नगरपालिकाका उप-प्रमुख भरत गाेपालीकाे विशेष र नेपाल रेडक्रस साेसाइटी दामन उपशाखाका सभापति नमश्याम बस्नेतकाे उपस्थिति रहेकाे थियो ।

Advertisement

सहकारीका अध्यक्ष नवराज बिष्टकाे सभापतित्वमा सञ्चालित साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६४ जनाले रक्तदान गर्नुभएको कार्यक्रमकाे सञ्चालन गणेश बिष्टले गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)