स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बासी तेलको प्रयोग मानव स्वास्थ्यको लागि प्रतिकुल

वासी तेलको प्रयोगले अक्सिडेटिभ स्ट्रेस हुने वैज्ञानिक खोजले बताएको छ । यसकारणले मस्तिष्क स्नायु विकार र अन्य सरुवा रोगको फैलावट हुने भनिएको हो ।

Advertisement

अल्जाइमर रोग भएका विरामीहरुको लक्षित खोजमा बासी तेलको प्रयोग कलेजो र मष्तिस्कको लागि शारिरीक रुपमा लाभदायक नभएको बताइएको छ ।

Advertisement

काँचो वा पाकेको तेल
धेरै तताइएका खानेकुरा अपच हुने तथा चिल्लो एसीड हुने बताइएको छ ।

जसकारण यस्ता खानेकुरा मुटुका विरामीलाई हानिकारक हुने बताइएको हो । काँचो जैतुनका तेल, सुर्यमुखी तेलबाट बनेका खानेकुराको स्वाद प्रभावकारी हुने बताइएको छ । धेरै तताइएका खानेकुरामा टक्सीन पर्याप्त मात्रामा हुने बताइन्छ । भारी मात्रामा एसीड हुने यस्ता खाद्य पदार्थ मष्तिस्कका लागि फाइदाजनक नहुने बताइएको छ ।

तेलको मात्रा
कोलस्ट्रोलको बढि मात्रामा सेवन गर्नाले सुजन हुने वैज्ञानिक आधारहरुलाई लिन सकिन्छ ।
एक वैज्ञानिक खोजमा बढि तेलको प्रयोगले स्नायु, आन्द्रा, गुद्वारमा असर गर्ने गरेको बताइएको छ ।

पाचन शक्ति बलियो हुने खानेकुरा
ओमेगा–३, बदाम, भिटामिन इ, फलफुल, फाइबर, वयर, तरकारी, सागसव्जी, सुपारी र ग्रीन टीको सेवन प्रभावकारी हुन्छ ।
प्रचुर खानेकुराको सेवन वजन प्राप्तीमा हुने हुँदा डायट नियम अनुसार खानेकुराको सेवन गर्नु राम्रो बताइएको हो ।
खानेकुरा पकाँउदा प्रचुर मात्रामा तेलको प्रयोग नराम्रो बानी हो । बरु खानेकुरालाई ग्रील वा वेक गर्न सकिन्छ ।

डायट, हानी
एकपटक प्रयोग गरेको खान्तेलले बारम्बार प्रयोग गरेर बनाइएका खानेकुराको सेवन स्वास्थ्यका लागि हानिकारक हुने प्रयोग तथा अनुसन्धानले देखाएका छन जसकारण स्नायु, कलेजो तथा मष्तिस्क सम्वन्धि असर हुने प्रारम्भिक खोजले प्रष्टाएको छ ।
(स्रोतः मेडिकल न्यूज टुडे)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article