स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बङ्लामुखीमा रक्त संकलन केन्द्रको उद्घाटन

ललितपुर/नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाकाे आयाेजनामा ललितपुर महानगरपालिका वडा नम्बर ११ काे बिशेष समन्वय र केन्द्रीय रक्त सञ्चार सेवाकाे प्रबिधिक सहयोगमा प्रत्येक बिहीबार नियमित रक्तदान कार्यक्रम एवं रक्त संकलन केन्द्र, क्वन्ति गनेद्य: बगलामुखिमा एक समारोह बीच आज २०८० चैत १५ बिहीबारदेखि शुभारम्भ गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा महानगरीय अस्थायी प्रहरी बिट बगलामुखीका प्रमुख सुरेन्द्र सिंह धामीलाई रक्त संकलन थैली हस्तान्तरण गरेर उक्त रक्त संकलन केन्द्रमा रक्तदान कार्यक्रमकाे शुभारम्भ समेत गर्नुभयो ।
ललितपुर  महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अराेजकुमार खड्गीज्यूकाे विशेष उपस्थितिका साथ शुभकामना ब्यक्त गर्नुभएको थियोे

अबदेखि हरेक बिहिबारका दिन नियमित रक्त संलन हुने जानकारी नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जनले जानकारी दिनुभएको थियो ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article