कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “भर्ने आफ्नै भकारी”

कविता: “भर्ने आफ्नै भकारी”

Advertisement

हेर्नुस् भ्यूटावरलाई चाहिँ त बजेट अरब अरब
विद्यालय मठ मन्दिरहरु छन् सबै जीर्ण खराब
भेडा बाख्रा नै पो सम्झेर त बेरोजगार हुन् भन्दै
जनताका छोराछोरीहरुलाई चाहिँ साउदी अरब!

Advertisement

खाडीको पसिनाले फेर्दै कार्पेट ऐना गाडी सारी
खाडीकै पसिनाको कमाइ नै त हो त्यो सहकारी
सहकारी खाएर पैसो नै तिर्न नखोज्ने अहंकारी
हाम्रो खानेपालो भन्दा गदगद भइ बजाउने ताली!

रोगी बूढा नेताहरुको के कुरा गर्नु सबै नै खराब
यिनको उपचार गर्न राज्यको ढुकुटीबाट नै अरब
म केही गर्छु भन्ने नयाँ जोगीले खरानी धस्याँ हेर्दा
तिनको दिमाग् सफा गर्न नि चाहिने भयो सरफ!

नयाँ जोगीको केही कुरा सत्य छ जान्नेलाई छान्ने
तिमीहरूले खायौं अब त हाम्रो पालो भन्दै हान्ने
हामी नेपाली जनताहरु नि छौं कति बेकुफ भने
नयाँ जोगीले जे जे गरे नि वावा भन्दै ताली हान्ने!

✍ राज कुमार कार्की 
धन्यवाद

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article