स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

अक्सफोर्ड जीम एण्ड फिट्नेशलकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

“नियमित रक्तदानले मात्र रगत र रक्त-तत्वहरूकाे आवश्यकता पूर्ति गर्छ,याे सबले बुझाैं” ! मूल नारालाई आत्मसात् गर्दै आज अक्सफोर्ड जीम एण्ड फिट्नेशले रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएको छ ।

Advertisement

सर्वाधिक रक्तदाता तथा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा   स्थानिय बागबजार स्थित यति प्लाजा,जीम एण्ड फिट्नेश सेन्टरको प्राङ्गणमा आयाेजित साे कार्यक्रमकाे उद्घाटन रक्त संकलन थैली हस्तान्तरण गरेर गर्नुभएको थियो ।

Advertisement

अक्सफोर्ड जीम एण्ड फिट्नेश सेन्टरका अध्यक्ष उदय श्रेष्ठको सभापतित्वमा आयाेजित उक्त रक्तदान कार्यक्रममा अक्सफोर्ड जीम एण्ड फिट्नेश सेन्टरका प्रशिक्षार्थी महिला तथा पुरूष गरि जम्मा १३ जनाले रक्तदान गर्नुभएको थियोे ।

प्रमुख अतिथि सर्वाधिक रक्तदाता तथा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र सञ्चालक उदय श्रेष्ठले सहभागी स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण पनि गर्नुभएको थियो । साथै कार्यक्रमका सभापति उदय श्रेष्ठले सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई  बर्षेनी आयाेजना गरिंदै लाने पनि  बताउनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article