समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारीका पिताम्बरलाई प्राण घातक रोग क्यान्सर, परिवारले गरे आर्थिक सहयोगको अपिल

हल्दिबारी, २५ बैशाख । हल्दिबारी गाउँपालिका वडा नं. ५ सोागन्घी डाडाँ गाउँ निवासी ६५ बर्षिय पिताम्वर खतिवडालाई प्राण घातक रोग क्यानसर लागेकोले आर्थिक सहयोगको याचना परिवारले गरेका छन् ।

Advertisement

आज उनकै निवासमा गंगामाया तथा नर बहादुर बस्नेत क्यान्सर पिडित सहयोग संस्थाका अध्यक्ष भुपाल बस्नेतले आर्थिक सहयोग अभियानकोलागी पत्रकार सम्मेलन मार्फत सबै पक्षलाई सहयोगको लागि आव्हान गरेको छ । विपन्न परिवारका उनका श्रीमती, छोरा र ४ छोरी रहेका छन् भने आज सम्म उपचारमा ४ लाख भन्दा बढी खर्च भै सकेकोले उनको जिवन रक्षाको लागि स्थानिय सरकार संघ संस्था, देश विदेशमा रहनु हुने दानबिर महानुभावहरुलाई सहयोग गरिदिनको लागि पत्रकार सम्मेलन मार्फत परिवारजनले सहयोगको याचना गरेका छन् ।

Advertisement

सामान्य बिरामी भएर गत कार्तिकमा प्रादेशीक अस्पताल भद्रपुरमा पुगेका उनलाई फागुनमा भरतपुर क्यान्सर अस्पतालले फोक्सो र घाँटीको क्यान्सर रहेको प्रमाणीत गरेको थियो । उनको उपचारको लागि २५ लाख भन्दा बढिलाग्ने भएको र आर्थिक अवस्था समेत दयनिय रहेकोले हल्दिबारी गाउँपालिका ४ र ५ का वडा अध्यक्षहरु सन्त कुमार थापा मगर र खड्ग लावतीले सवैलाई सहयोग गरिदिनु दिनु आव्हान समेत गरेका छन् ।

सहयोग गर्ने महानुभावहरुले कुमारी बैङ्क लिमिटेडमा रहेको बिरामीको छोरा डिल्लीराम खतिवडाको नाममा रहेको खाता नं. ०९९०२६४७२६२००००१ मा सहयोग जम्मा गर्न सम्नु हुने छ । सम्पर्क नं. ९८०७९५४३४२ सम्पर्क गरि बिरामीको अवस्था बारे जानकारी लिन र सहयोग गर्न सक्नु हुने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article