हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

पूर्वाञ्चल क्यान्सर अस्पतालमा कन्ट्रोल लुब्रिकेन्ट्सको आयोजनामा स्तन क्यान्सरविरुद्धको सचेतना 

झापा । बिर्तामोडमा महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम तथा स्तन क्यान्सर परिक्षण  पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा गरिएको छ ।

Advertisement

कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादक कम्पनि फुजिमा आयलको आयोजनामा भएको कार्यक्रममा फुजिमा आयल कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक सुबाेध कोईरालाले कन्ट्रोल लुब्रिकेन्ट्सले महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम विभिन्न स्थानमा संचालन गर्ने क्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा  बिर्तामोडमा संचालन गरिएको जानकारी दिनुभयो ।

Advertisement

कन्ट्रोल लुब्रिकेन्ट्सले हरेक १ लिटर लुब्रिकेन्टको बिक्रीबाट प्राप्त हुने रकमबाट महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना तथा उपचार कार्यक्रममा १ रुपैयाँ सहयोग गर्ने अभियान सञ्चालन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालका संचालक दुर्गा प्रसाईंले स्तन क्यान्सरका बारेमा व्यापक जनचेतना फैलाउन जरुरी रहेको  बताउदै  आफुपनि क्यान्सर रोगी भएकोले क्यान्सर रोगको उपचारका लागि समन्वय र सहयोग गर्न अस्पताल तयार रहेको बताउनु भएको छ ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.विरेन्द्रकुमार यादवले सहभागीहरुलाई क्यान्सर सम्बन्धि अभिमुखिकरण गर्नु भएको थियो ।

कार्यक्रममा फुजिमा आयल कम्पनिका परिवार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्सका महिला आमा, दिदीवहिनीहरुसहित अन्य महिला गरी एक सय जनाको सहभागिता रहेको थियोे ।

उक्त  कार्यक्रममा वीएण्डसी मेडिकल कलेजका मेडिकल डाइरेक्टर प्रोफेसर डा.उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी, कन्ट्रोल लुब्रिकेन्ट्सका क्षेत्रिय बजार प्रतिनिधी विनोद पौडेल, मेची अञ्चल बजार प्रतिनिधी तुलसी खनाललगायतको सहभागिता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)