धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

पिण्डेश्वर महाकुम्भ : ऋषिभूमि नेपालले रच्यो नयाँ इतिहास

🕉️ नन्दकिशोर भारध्वज 

Advertisement

पवित्र देवभूमि, ऋषिभूमि नेपालले एउटा नया इतिहास रचेर सनातन धर्म सापेक्षताको प्रमाण सन्सार समक्ष पेश गरो। नेपाल धरणिका गर्भबाट यस्ता सुयोग्य सुपात्र धर्मको मर्यादा स्थापितार्थ विभिन्न कालखण्डमा उदाउने गरेको इतिहास हामी समक्ष विभिन्न शास्त्र तथा परम्परामा विद्यमानै छन।

Advertisement

पूर्वीनेपालको झापा जिल्लाका वसिष्ठ कुलका ब्राह्मणका पुत्ररुपमा प्राकट हुनुभएका नेपाल आमाका सुयोग्य सुपुत्र अनन्त श्रीसमलंकृत जगद्गरु श्रीवालसंत मोहनशरण देवाचार्यजी महाराजजीलाई माध्यम बनाएर सनातन धर्मले नेपालभूमिको इतिहासलाई जागृत गरेकोछ । “कुम्भ” अमृतकोघडा जसका माध्यमले आज नेपालमा विभिन्न किसिकमा आक्रमणलाई सहंदै गरेको हिन्दुत्व खिलखिलाएर हासेकोछ ।

नेपाल सरकारले अन्य कुनै योजना पर्यटन वर्ष या विश्वकप या अन्य कुनै योजना गरेर सायदै यति पर्यटक भित्र्याएर पर्यटनमा जागरण ल्याउन कुनैकालमा सफल हुन्थ्यो नै होला तर त्यस योजनाले सनातनधर्मको गरिम वर्धन गर्नसक्दैन। पिण्डेश्वर माहाकुम्भले आज राष्ट्र जोड्दै गरेको देखिएकोछ । ३१ दिनमा १ कडोर भन्दा माथि देश विदेशका सनातनिहरुले प्रत्यक्ष उपस्थिती दिएर सनातन धर्मको गरिमालाई स्वीकार गरेकाछन भने उपस्थित हुन नसकेका पुरै विश्वका सनातनी हरुले मानसिकै भएपनि कुम्भ स्नान गर्दै सनातन धर्म सापेक्ष नेपाल आमाको जय, कौशिकी माताको जय, पिण्डेश्वर भगवानको जय भन्दै जय जयकार लगाएकाछन । आज सनातन धर्मका यस सताव्धिले गौरवताको अनुभूति गरेकोछ। यदा यदा ही धर्मस्य… चरितार्थ भएको अनुभूति मैलेगरेकोछु ।

 

म यस राष्ट्रको जिम्मेवदार नागरिकहुं त्यसैले म राष्ट्र हुं ( म जस्तै सवै म मिलेर राष्ट्र हुन्छ) जसले राष्ट्रमा भएको रक्तपात र गोहत्याले विकृत हुंदै गरेको समाज देखेकोछ । लोपहुंदैगरेको सदाचार र नैतिकतालाई पनि नजिकैबाट निहारेकोछ, निहार्दैछ । राजनितिदलको झण्डाबोकेर विदेशी शक्ति, विचार र दिनचर्याको जय जयकार लगाउदै गरेका सनातनी हरुको खुस्कंदै गरेको लंगौटि पनि देखेकोछ । ब्राह्मणहरुको गतिविधि, क्षत्रियहरुको खस्किदै गरेको क्षत्रियता, वैस्यहरुको अधर्मको वाणिज्य र शुद्रहरुको दैन्यताले लोप हुंदै गरेको सनातन संस्कृति, सम्प्रदायिकता र उपासनकाको पद्धति वचाउन सक्ने बीरपुरुषको जन्मको प्रतीक्षा राष्ट्रले एक-दुइ सताव्धिबाटै गरिरहेकोछ । बढदो रक्तपात र अकर्मण्यताले नित्य राष्ट्र दीनता तर्फ प्रवेस गरिरहैकैछ। “तेजोराष्ट्रष्य निहता न बीरो जायते वृषा” गोब्राह्मण वधको प्रभाव झेल्दै गरेकैछ ।

अधर्मले जन्माएका उभयभ्रष्टहरुका हातमा राष्ट्र छटपटाई रहेका अवस्थामा स्थापित हुदै गरेको श्रीपिण्डेश्वर महाकुम्भले मल्हम पट्टिलगाउने कार्म अवस्य गरेकोछ । “योजकस्तत्र दुर्लभ:” योजना दिने र मार्गदर्शन गराउने एउटा बीर पुरुषको रिक्तस्थान आज पूज्य जगद्गुरु श्रीवालसंतजी माहाराजजी द्वारा परिपुर्ति हुदैगरेको अनुभूति भएकोछ । विग्रिएको दिनचर्या, खनपान र दैनिकको कलुषणले मानसिकता विकृत हुदै गरेका सत्ता सम्हाल्ने हरुका पनि घैंटामा घाम लागेकोछ। पंचगव्य पिएर पान्चायन देवताको पुजा गरेर, सत्यनारायण भगवानको कथा लगाएर गोदान गरि जन्माएका पुत्रहरु राजनिति दलका डरले लुकेर टोपी फुकाएर पिताजीको श्राद्ध गर्नेहरु, धर्म अफिमहो भनेर वक्तव्य दिनेहरुको पश्चाताप आज माहाकुम्भमा कौशिकीले बगाउदै गरेको देखिएकोछ। सनातन सापेक्ष नेपालको अवधारणाले परिवेष्ठित कुम्भमेलालाई राष्ट्रले “एडीचोटि” शिरदेखि पाउ सम्मको बल लगाएर सफल पारेकोछ ।

सत्कर्मले सत्य जन्माउछ बिरोधी कोही एकाध राक्षशीवृत्तिका अवश्य होलान तर आउदो कुम्भ सम्ममा भगवान श्रीहरि नारायण, भोलेबाबा पशुपतिले इनलाई पनि सद्बुद्धि प्रदान गर्नुनै हुनेछ । सनातनका धारामा राष्ट्र आउछ र आउदै गरेको अनुभूति यस कुम्भले प्रदान गरेकोछ । एउटा राष्ट्रभक्त प्रतापि पुरुषलाई नेपाल धरणिले जन्म दिएकीछन ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article