शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

छोरी बुहारीलाई निःशुल्क स्नातक पढाउदै कचलकवल

 झापा । नेपालकै होचो भागमा रहेको कचलकवल गाउँपालिकाले छोरी बुहारीलाई निः शुल्क स्नातक तहसम्मको अध्ययन सुरु गरेको छ। गाउँ पालिका अध्यक्ष अन्जार आलमका अनुसार ११÷१२ सम्मपुर्ण निः शुल्क शिक्षा शुरु गरेको कचलकवलले छोरी बुहारीलाई स्नातकसम्म निःशुल्क पढ्ने बातावरण बनाइएको हो।

Advertisement

कचलकवल गाउँपालिकामा सामुदायिक विधालय तर्फ ७ वटा मावी, ७ वटा आधारभूत र १३ वटा प्रावि रहेका र ७३९० विद्यार्थी ती विद्यालयमा अध्यन गरिरहेको गाउँ शिक्षा प्रमुख छवि बस्नेतले जानकारी दिए। त्यस्तै बस्नेतका अनुसार निजि विद्यालयहरु १३ वटा रहेको र ती विद्यालयमा ३ हजार विद्यार्थी अध्यनरत रहेका छ्न्।

Advertisement

यी बाहेक धार्मिक १२ विद्यालयहरुलाई समेत अनुदान गाउँपालिकाले दिदै आएको छ। गापामा २ वटा गुरुकुल संचालित छ्न् भने १० वटा मद्रसा संचालन रहेकोे देख्न सकिन्छ।त्यस्तै २ वटा सामुदायिक शिकाई केन्द्रसमेत रहेका छन्।

शिक्षा प्रमुख बस्नेतका अनुसार यसै शैक्षिक सत्रदेखि नमुना बाल कक्षा शुरु गर्न लागिएको छ। सबै माविलाई २०÷२० कम्पियुटर र शिक्षकको समेत गाउँ पालिकाले व्यवस्था गरेको छ। गाउँपालिकाकै निजि स्रोतमा १४ जना कम्पियुटर शिक्षकहरुले काम गरिरहेका छ्न्।

शिक्षाको गुणस्तरमा कमि नआओस् भनेर शिक्षक कर्मचारीलाई मासिक तलव दिनेसमेत व्यवस्था गरेको बस्नेतले बताए। विद्यार्थीलाई कृषिमा आकर्षित गर्न विद्यार्थी कृषि सहकारी कार्यक्रमसमेत गाउँ पालिकाले अघि सारेको छ। कृषि प्राविधिक कार्यक्रम समेत संचालन भएको छ। शिक्षालाई विशेष जोड दिएको कचलकवलले १ करोड २ लाख बजेट विनियोजन गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article