हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

श्रीहरी सत्संग समिति नेपालको विषेश बैठक झापाको मेचीनगरमा सप्पन्न 

मेचिनगर , ६ जेठ । श्रीहरी सत्संग समिति नेपालको विषेश बैठक झापाको मेचीनगरमा सप्पन्न भएको छ ।

Advertisement

झापा र इलामका संगठन जिल्ला प्रमुख प्रमुख सन्च साधक  लगायतको उपस्थित रहेको बैठकले धार्मिक जनचेतना बढाउदै नेपालमा बढ्दै गएको धर्मातर रोक्न अगाडि बढ्ने निर्णय गरिएको छ । समाजमा भएको विभिन्न विकृति विसङती लाई रोक्न गाउँ गाउँमा सत्सङ मंडली गठन गरि समाज लाई जोडने कार्यमा निरन्तर अगाडी बढेको छ ।

Advertisement

श्रीहरी सत्संग समिति नेपालका केन्द्रिय योजना  प्रमुख अरविन्द कुमार  शाहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले संगठन बिस्तार गर्ने ,श्रीहरी रथ मन्दिर योजना को माध्यमले गाउँ गाउँमा धार्मिक जागरण अभियानलाई तिब्रता दिने  निर्णय भएको रथ योजना प्रमुख अम्मर सुब्बाले बताउनु भयो ।

झापा जिल्ला अध्यक्ष कुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकलाई योजना प्रमुख शाह , रथ योजना प्रमुख सुब्बा , इलाम जिल्ला प्रमुख गणेश सुवेदी , जिल्ला  साधक शान्ति,  भट्टराई , सन्च साधक गुणराज कोइराला ,चेतनारायण पोख्रेल र जिल्ला सदस्य शान्ति चौधरी लगायतले  संगठनको बिषयमा आ आफ्नो बिचार राख्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)