स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

अविशादको मानव स्वास्थ्यमा असर

शारिरीक तथा मानसिक रोग अविशादको संक्रमणले हामीलाई दिर्घ असर पु¥याउँछ । हृदयरोग, किड्नीको विराम, स्नायु प्रणाली भएका विरामीहरुलाई अविशाद हानिकारक हुने बताइन्छ ।

Advertisement

सधैं दुखी रहने । ओझेलमा रहेको महशुस हुने कारक अविशाद हो । जीवनमा लामो समय दीर्घरोगीको सम्भावना अविशादले बोकेको हुन्छ । श्वासप्रस्वास तथा स्नायु प्रणाली अन्तर्गत विरामीले संज्ञानात्मक ज्ञानको कमिको हुने गर्छ । उसको मनोभाव, चिन्तन, आवेद, प्रवेग मा कमी हुन्छ ।

Advertisement

संम्झनामा ह्रास हुन्छ । शारिरीक र मानसिक प्रतिक्रियामा थोर सम्भावना रहन्छ । सधैं दुखी रहनु, सुखी नहुनु र केही विगारेको जस्तो मनोभाव प्रकट गर्नु अविसादको रोगीको चिन्तन रहन्छ । कुनै जीवनमा नयाँ कुराको वातावरण तय गर्न नसक्ने आशा रहँदैन ।

शारिरीक लक्षण
१. शरिर चिलाउने
२. रिस ज्यादा उठ्ने
३. कुनै सामान हुँदा नि खुसी नहुने
४. टाउको दुख्ने
५. मूडमा कमी
६. आत्मसहानुभुतीमा कमी
७. आशामा कमी, मूल्यहिनता, बोधहिनता
८. त्रास
९. समाजबाट अलग बस्न चाहनु
१०. थकान महशुस गर्नु
११.सुत्न नसक्नु

अल्जाइमर, कुष्ठरोग, छाला चिलाउने जस्तै यो एक दीर्घ रोग हो । सामाजिक चेतनामा कम हुने सो रोगका विरामलाई कुनै सरसल्लाह, सम्झनालायक र ध्यानपूर्ण कुराको विचार हुँदैन । पीडित मानिसलाई हेला गरेमा विरामीले माधकपदार्थ सेवन गर्ने सम्भावना रहन्छ ।

अफ्ठयारा घटना घटदा घायल हुने र विरामीले मृत्यु वरण गर्ने क्षती पनि अविसाद रोगीहरुको रहने प्रकास पारिन्छ । पोषण र खानेकुराको समुचित प्रयोग रोगीहरुका लागि आवश्यक हुने गर्दछ । पेट दुख्नु, कव्जियत हुनु, अपच हुनु यस रोगका विकार हुन । स्वास्थ्य खानेकुराको प्रयोग मात्र एक प्रकारको उत्तम निधान हो । धुम्रपान, मधुमेह, उच्चरक्तचाप र कोलस्ट्रोलको समस्या खासगरी अविसादका विरामीहरुलाई देखा पर्ने असरहरु हुन । अविसाद बालबालिका र वयस्कहरुमा बढि देखिने चिकित्सकहरुको भनाइरहेको छ ।
परिक्षामा कम अंक ल्याउँदा, कम्प्युटरको खेल खेल्दा, सामाजिक सञ्जालको बढि प्रयोग, विद्यार्थीहरुको गलत व्यवहारले अविसाद ल्याउने खोजकर्ताहरुले पुष्टि गरेका छन् । मष्तिस्कमा हुने तरल पदार्थ सेरोटोनिनको कमीले अविसाद निम्त्याउने वैज्ञानिकहरुको निष्कर्ष रहेको छ ।

एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article