हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

सचेतक युवा समुहले बुझाए हल्दीबारी गाउँपालिकालाई ज्ञापन पत्र

सचेतक युवा समुहले हल्दीबारी गाउँपालिकामा शिक्षा सम्वन्धि माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ,

Advertisement

उपरोक्त विषयमा यस हाम्रो हल्दिबारी गाउँपालिकाको सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरुको शिक्षा योजना समस्या समाधनको लागि साथै शिक्षा सरकारको दायित्व भित्र पर्ने र सवै विद्यार्थीहरुलाई आवश्यकता अनुसारको शिक्षा प्रदान गर्ने स्थानिय प्रणालीको जिम्मेवारी हो भन्ने मान्यता अनुरुप निशुल्क र अनिवार्य विद्यालय शिक्षा को कदमहरु चाल्नुपर्ने अर्को शब्दमा भन्दा शिक्षा नै भविष्य र विकासको मेरुदण्डको यसकारण कोही पनी बालवालिका शिक्षा बाट वञ्चित हुन नपरोस् साथै निशुल्क शिक्षा अवधारण ल्याउन संयुक्त राष्ट्रसंघको जम्टियन सम्मेलन सन् १९९० र डाकर सम्मेलन सन् २००० लाई उदाहरण लिदै यस गाउँपालिकाको बालवालिका तथा विद्यार्थीहरुको उज्वल भविष्यको लागि गाउँपालिका स्वंयमको भुमिका रहेको हुँदा निजी तथा सामुदायिक विद्यालयहरुमा भएको समस्याहरु बुदागत रुपमा प्रस्तुत गर्दछौ । यस विषयमा स्थानिय तहको ध्यान आर्कषण गराउदै गम्भीर रुपामा लिई दिनहुनका लागि हार्दिक अनुरोध गर्दछौं साथै गाउँपालिकाले वेवास्ता गरे वा अन्जान बने स्वयम हामी सचेतक युवाहरुद्धारा घोरआपत्ती जनाउद‌छौं । अन्त्यमा विकल्प स्वरुप सचेतक युवाहरु आवश्यक कदाम उठाउने र भोलीका दिनमा यस विषयमा अप्रिय घटनाहरु घटे स्थानिय निकायनै जिम्मेवारी हुनुपर्नेछ ।

Advertisement

तपशिल

(क) सामुदायिक विद्यालय तर्फ

१ यस गाउँपालिका भित्रका सरकारी विद्यालयमा कक्षा १२ सम्म निशुल्कशिक्षा

२. पुस्तक निशुल्क वितरण

३. जुत्तामजा टाई बेल्ट निशुल्क वितरण

४. विद्यालयको विभिन्न गतीविधि माथि निशुल्क गर्ने

५. स्वच्छ पिउने पानी तथा सफा चर्पीको व्यवस्था गर्ने

(ख) निजी विद्यालय तर्फ

१. निजी विद्यालयले परीक्षाको वेला फि नतिरिएको बाहानामा आधा घण्टा सम्म विद्यार्थीलाई बाहिर राख्ने प्रवृति तुरुन्त बन्द गर्नुपर्ने ।

२ निजि विद्यालयले प्रमाणपत्र विना विद्यार्थी भर्ना बन्द गर्नुपर्ने

३. निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क लिने गरेकोलाई छड्‌के चेकजाच गरी कारवाहीको दायरामा ल्याउनु पर्ने ।

४. स्वच्छ पिउने पानी तथा सफा चर्पीको व्यवस्था गर्ने

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)