हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई नि – शुल्क खाजा खुवाउदै

हल्दिवारी गाउँपालिकाको छैटौं गाउँ सभा आज शुक्रबार बाट शुरु भएको गाउँ पालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले जानकारी दिनु भएको छ ।

Advertisement

शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको गाउँ पालिकाले बाल कक्षा देखि ५ कक्षा सम्म अध्यन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने निर्णय आजको बैठक बाट सर्वसम्मत पास भएको शिक्षा समितिको अध्यक्ष समेत रहेका उपाध्यक्ष गिरिले बताउनु भएको छ।

Advertisement

 

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र हुदा खाने परिवारका बालबच्चा लाई लक्ष्यित गरि दैनिक २० रुपैया बराबरको खाजा खाने व्यवस्था यहि चालू शैक्षिक सत्रबाट शुरु गर्न लागिएको उनले बताए । उपाध्यक्ष गिरिकै पहलमा शिक्षामा २ बर्षको अवधिमा ७ करोड भन्दा बढी लगानी भइ सकेको छ।

हल्दिवारी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको दयनीय अवस्थाबाट नयाँ नेतृत्वसगै महत्त्वपूर्ण छलाङ मारेको प्रष्ट हुन्छ। अङ्ग्रेजी माद्य्यम बाट अध्यन अध्यापन शुरु गरेको छ भने ,सबै मावी ,आवि र प्राविमा कम्पियुटर शिक्षक  ,इ हाजिर , सिसि क्यामराबाट निगारानी ,अङ्ग्रेजी ,साइन्स ,योग ,कवडी ,जुरोकराते ,फुटबल जस्ता शिक्षकहरुको व्यवस्थापन गरि सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्ने काममा उपाध्यक्ष गिरिको महत्त्वपूर्ण योगदान रहेको प्रष्ट हुन्छ।

शिक्षामा गरेको लगानीको प्रतिफल सरस्वती पुजामा अक्षर आरम्भ गर्ने क्रममा सामुदायिक विद्यालयमा अभिभावकहरुको उपस्थित र ४ सय भन्दा बढी विद्यार्थी भर्नाबाट देखिएको छ।

गाउँपालिकाको छैटौं गाउँ सभाबाट पारित गरिएको दिवा खाजा व्यवस्थाले नया शैक्षिक सत्र देखि हुँदा खानेपरिवारका विद्यार्थीहरुको उपस्थित बड्ने बिश्वास लिइएको छ। आजको गाउँ सभाले दिवा खाजाको लागि बैशाख ,जेठ ,असारको लागि २५ लाख विनियोजन गरेको छ भने सामुदायिक विद्यालयका २ हजार विद्यार्थीलाई प्रत्येक दिन फरक ,फरक खाजा ताजा खुलाउने व्यवस्था गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)