हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भद्रपुरमा बाल अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

भद्रपुर । भद्रपुर नगरपालिकाको आयोजनामा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न गरिएको छ ।

Advertisement

उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरभरी रहेका विद्यालय तथा वडा बाल क्लबमा आबद्ध बालबालिका र संरक्षक शिक्षकलाई अभिमुखीकरण गरिएको हो ।

Advertisement

बालमैत्री अभियान्ता सुमन ढकालले सहजीकरण गरेको कार्यक्रममा बाल सञ्जालका अध्यक्ष आरोग्य तिम्सेना लगायतले मन्तव्य राख्दै बाल अधिकार संरक्षणका लागि सवै पक्ष जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए ।

महिला तथा बालबालिका शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)