स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

७० हजार चिनियाँ कोरोना संक्रमित निको भएर घर फर्के

काठमाडौं, चैत्र १ । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ ।

Advertisement

कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् ।

Advertisement

पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । कोरोना फैलिएको स्थान बुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिएका छन् । सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए ।

हालसम्म ८० हजार ९८१ जनामा सङ्क्रमण भेटिएको छ, जसमध्ये तीन हजार ९१७ ले सङ्क्रमणका कारण ज्यान गुमाएका थिए । पछिल्लो समय जम्मा २१ वटा मात्र नयाँ सङ्क्रमित भेटिनुले चीन कोरोना सङ्कटबाट उम्कँदै गएको अनुमानसहितको खवर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article