समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बीएण्डसी अस्पतालमा साउन १ बाट स्वस्थ्य बिमा लागू हुने

झापाको बीएण्डसी मेडिकल कलेजलाई स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम स्वीकृति दिएको छ । यही साउन १ गतेबाट लागु हुनेगरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति पाएको बीएण्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकृत प्रमिस गिरिले जानकारी दिनु भएको छ ।

Advertisement

बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पतालले आज बिमा कार्यक्रमको लागी सम्झौता समेत गरेको प्रोमिस गिरिले जानकारी दिनु भयो ।

Advertisement

बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन्।

यसैगरी दुईवटा आँखा अस्पताल दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखराले समेत बिमा कार्यक्रम मार्फत सेवा प्रदान गर्ने भएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article