स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सन्तोष लिम्बुलाई गाउँपालिकाले गर्‍यो २ लाख २५ हजार सहयोग

हल्दिवारी गाउँपालिकाले जनता उपचार कोष मार्फत फुटबल खेलाडी बुद्धराज ( सन्तोष ) लिम्बुलाई २ लाख दिने निर्णय गरेको छ।

Advertisement

गाउँ पालिकाको छैटौं गाउँ सभाबाट वडा स्तरीय फुटबल खेलको क्रममा गम्भीर घाइते भइ काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचारत लिम्बूलाई एम्बुलेन्स भाडा २५ हजार र जनता उपचार कोष मार्फत २ लाख उपलब्ध गराउने निर्णय गरेको कोषका संयोजक समेत रहेका उपाध्यक्ष डम्बरबहादुर गिरिले बताउनु भएको छ।

Advertisement

वडा स्तरीय फुटबल खेलमा घाइते लिम्बु लाई समयमै उपाध्यक्ष गिरिले उपचारमा लिएको निर्णयले उनले पुनजन्म पाएको वडा सदस्य तथा खेलकुद परिषद अध्यक्ष महेसलाल मेचे बताउछन् ।

लिम्बुको झापा ,मोरङका कुनै अस्पतालले उपचार असम्भव भनेपछि राती नै बिराटनगर नोबेल अस्पताल बाट उपाध्यक्ष गिरि आफैले ट्रमा सेन्टर लिएर गएका थिए।पेटको आमासय फुटेका कारण लिम्बुको हाल पनि ट्रमा सेन्टर उपचार भइ रहेको र अवस्था संतोषजनक रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article