हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

झापाकामा एक व्यक्तिलाई कोरोना सङ्क्रमणको आशङ्का

भद्रपुर , झापाका एक व्यक्तिलाई कोभिड–१९(कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

Advertisement

प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि निज व्यक्तिलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस गरेका छन् ।

‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ,’ प्रजिअ रानाले  भन्नुभयो–‘उपचारका लागि डाक्टरहरुकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’ झापामा कोरोना संक्रमणको आशंका गरेर उपचारका लागि सिफारिस गरिएको यो पहिलो घटना हो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)