समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु

काठमाडौं, २ चैत्र । कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि साझ रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेताहरु भिडियो कन्फरेन्समा सहभागी भएका हुन् ।

Advertisement

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए । मोदीको प्रस्ताव स्वीकार गर्दै नेताहरु कन्फरेन्समा सहभागी भएका हुन् ।

Advertisement

यो कन्फरेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी छन् ।

पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा। जाफर मिर्जाले सहभागिता जनाएका छन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article