हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बिश्व बाताबरण दिवसको अवसरमा ईकोम बालक्लबले गर्याे बृक्षारोपण तथा सरसफाइ कार्यक्रम

बिश्व बाताबरण दिवसको अवसरमा ईकोम बालक्लबले बृक्षा रोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

बिर्तामोड २ मा रहेको ईकोम स्कुल अफ एक्सिलेन्टमा रहेको बाल क्लबले झापाको बाह्रदशी गाउँपालिका स्थित साधुकुट्टी गौरीशंकर शिवालय मन्दिर परिसरमा आज एक कार्यक्रमको आयोजना गरि बृक्षारोपण गरिएको बिद्यालयकि प्रधानाध्यापक प्रमिला बजगाईले जानकारी दिइन् ।

Advertisement

बाल क्लब अध्यक्ष दीक्षा राजबंशीको अध्यक्षता रहेको कार्यक्रममा शिक्षिका गोमा भण्डारी ओझाले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’भन्ने मुल नाराका साथ क्लबले फलफुल , फुल लगायतका ५० वटा बिरुवा रोपिएको बताईएको छ ।

मन्दिर ब्यबस्थापन समिति अध्यक्ष ज्ञान प्रसाद सुबेदीले बाल क्लबले बाताबरण संरक्षण तथा धार्मिम पर्यटकिय क्षेत्रको बिकास र प्रबर्द्धनमा देखाएको चासो लाई धन्यवाद दिएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)