हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

विश्व वातावरण दिवसकाे अवसरमा सिग्मा जु.रे.स द्वारा वृक्षारोपण

जनक राजव‌ंशी/हल्दीबारी, २३ जेठ । विश्व वातावरण दिवस को (जून ५) अवसर पारेर सिग्मा ईङ्लिस स्कूल हल्दिबारी २ मा रहेको जुनियर रेडक्रस सोसाईटी (जु.रे.स र) र स्काउट द्वारा भेलागुडी सामुदायिक सिमसार क्षेत्र आसपास वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

“जमिनको पूनस्थापना मरुभुमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास” भन्ने मुल नारा रहेको वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम कोणणसभा सम्पन्न गरि सुचारु भएको थियो। जु.रे. स का अध्यक्ष प्रनिश आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा हल्दिबारी रेडक्रस उपसाखाका सभापति कर्णाखर प्रसाई, वन समितिका अधयक्ष पुन्य प्रसाद लम्साल, विद्यालयका प्रिन्सिपल नरेश पराजुली लगायतले बोल्नुभएको थीयो।

Advertisement

टिक, मलेसियन साल तथा असोक लगायत का १५० बढि बिरुवा रोपिएको उक्त कार्यक्रम बाट विद्यार्थिहरुमा वातावरण तथा जङ्‌गलको संरक्षण सम्बन्धि सचेतना बढ्ने विश्वास लिएको विद्यालयका प्रिन्शिपल नरेश पराजुली ले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)