कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “सपना”

कविता: “सपना”

Advertisement

एकदिन हेलिकप्टर चढे
साथमा बा पनि हुनुहुन्थ्यो
पाइलटलाई पिसाबले च्याप्यो
बाले तुरुन्तै पालो दिनु भयो
पाइलट पिसाब फेर्न तुरुन्तै जानु भो!

Advertisement

जब हेलिकप्टर चलाउनु भो पाइलटले
तुरुन्तै हेलिकप्टर आकाशियो
पाँच हजार फिट माथि पुग्यो
एक्कासि हेलिकप्टर तल भुइँमा नदीमा खस्यो
बा र म पाँच किलोमीटर सम्म बग्दै गयौं
बा झिङ्गे माछो माथि चढेर नदी तर्नु भो
बुरुक्क उफ्रेर बा चियाबारीमा पुग्नु भो
विचरा बा भोकले चियाका बोट खान लाग्नु भो
म पनि के कम उफ्रेर जमिनमा पुगे
तुरुन्तै झल्यास्स म बिउँझिए !
म त आमाको काखमा सुतेको रहेछु
बाले आमालाई सबै दुर्घटनाको कहानी भन्दै हुनुहुदो रैछ
आखिर सपना नै पो त रहेछ!

राजकुमार कार्की

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article