हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारीमा अन्तर मा.वि.स्तरीय विज्ञान प्रदर्शनी

हल्दीबारी बाल संजालको आयोजना तथा हल्दीबारी गाउँपालिकाको आर्थिक सहयोगमा अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

हल्दीबारी गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयले भाग लिएको उक्त प्रदर्शनीमा हल्दीबारी मा.वि. प्रथम, सिग्मा इग्लिस स्कुल दितिय तथा क्यानेरी एकडेमी र सरस्वती मा.वि. तृतिय भएका छन् ।

Advertisement

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथित्यता एवं हल्दीबारी बाल संजालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम, दितिय, तृतिय हुने सहभागि विद्यालयले नगद ७ हजार, ५ हजार र ३ हजार र प्रमाण पत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्गदेन, कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर महेन्द्र, वडा नं. १ का अध्यक्ष देवी बहादुर थापा लगायतले प्रदर्शनीको बारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो ।

अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा सहभागि विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रदर्शनीहरु देखाएका थिए, उनिहरुले देखाएको प्रदर्शनीमा निर्णयकको भुमिका गाउँपालिका प्रशासन प्रमुख बाबुराम ढकाल, योजना शाखाका सुरज पोखरेल, इ.अनिस्मा खड्का रहनु भएको थियो ।

बाल संजालकी उपाध्यक्ष अम्बिका महत्वोले स्वागत गरेको कार्यक्रमको संचालन संजालका सदस्य सत्यम नेपालको रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)