समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

२६ जिल्लामा सीडीओ हेरफेर , धनकुटामा केशवप्रसाद बिमलीलाई जिम्मेवारी

काठमाडौं, २ चैत्र । २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले आज उनीहरुको हेरफेर गरेको हो ।हेरफेरमा सबैभन्दा आकर्षक मानिएको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी रमेशकुमार केसीलाई दिइएको छ । उनी कास्कीका सीडीओ थिए ।

Advertisement

कारागार व्यवस्थापन विभागको महानिर्देशमा प्रदीपराज कँडेललाई ल्याइएको छ । उनी धनुषाका प्रजिअ थिए ,हीरालाल रेग्मी, हरिप्रसाद घिमिरे मुरारी वस्ती र जर्नादन गौतम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएका छन् ।

Advertisement

धनकुटामा केशवप्रसाद बिमली, मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुण्यविक्रम पौडेल, नवरपरासी पश्चिममा वासुदेव दाहाल, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिरहामा सरोजप्रसाद गुरागाईँ, तनहुँमा बद्रीनाथ अधिकारी, सिराहामा गोपालकुमार अधिकारी, बारामा रुद्रप्रसाद पण्डित, गुल्मीमा भरतकुमार शर्मा र सीडीओको जिम्मेवारी पाएका छन् ।

कृष्णबहादुर घिमिरे सुनसरीको सहायक प्रजिअ, मोरङको सहायक प्रजिअमा ध्रुवबहादुर खड्का, सिराहाको सहायक प्रजिअमा अनुज भण्डारी र धनकुटाको सहायक प्रजिअमा भोजराज श्रेष्ठले जिम्मवारी पाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article