समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

स्वयंसेवी रक्तदाता समाजद्वारा “रक्तदाताहरूलाई धन्यवाद अर्पणका बिसाैं वार्षिक समारोह !” सम्पन्न

“20 years of celebrating giving :
Thank you, blood donors !”
“रक्तदाताहरूलाई धन्यवाद अर्पणका बिसाैं वार्षिक समारोह !”
याे नाराका साथ संसारभर आयाेजना भइरहेको बिश्व रक्तदाता दिवस,जून १४ काे उपलक्ष्यमा स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयाेजक,रक्तदानप्रति साथ,सहयोग र सद्भाव राख्नु हुने सम्पूर्णमा धन्यवाद एवं शुभकामना प्रदान गर्दै समापन गरिएको छ । प्रमुख अतिथिद्वारा रक्त संकलन थैली स्वयंसेवी रक्तदाता अमरि रञ्जितकारलाई हस्तान्तरण  गरि  कार्यक्रमकाे उद्घाटन एवं रक्तदान शुभारम्भ गर्नु भयाे ।

Advertisement

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानकाे प्रमुख आतिथ्यता रहेकाे उक्त बिशेष कार्यक्रममा बिशेष अतिथि,अतिथिहरू क्रमशः WHO का प्रतिनिधि कृतिसागर बराल,नेपाल रेडक्रस साेसाइटीका अध्यक्ष सुदर्शन नेपाल,नेपाल स्वयंसेवी रक्तदाताका प्राबिधिक सल्लाहकार डा.बिशेष पाैडेल,नेपाल क्यान्सर अस्पताल हरिसिध्दिका वरिष्ठ परामर्शदाता सर्जिकल अंकाेलाेजिष्ट डा.कपेन्द्रशेखर अमात्य,राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा.रञ्जन भट्ट,रेडियो नेपाल संगीत शाखा प्रमुख मनराजा नकर्मी र श्रध्दाचारी गुरूमाँ हुनुहुन्थ्यो ।

Advertisement

उक्त विशेष समारोहमा un-call-donor काे रूपमा प्रत्येक रक्त समूहबाट दुईदुईजनाकाे प्रतिनिधि हुनेगरी धन्यवाद एवं सम्मान-पत्र प्रदान गरि सम्मान गरिएको थियोे । जसमा क्रमशः नेगेटिभ रक्त समूह तर्फबाट देवकुमार राजबाहक A Neg. र निहालबिक्रम राणा,बिन्देश खनाल B Neg. र गाेकुलेश प्याकुरेल,प्रकाश जाेशी O Neg. र पार्वती लामिछाने,राजु कर्माचार्य AB Neg. र हिरामाया अवाल हुनुहुन्थ्यो । त्यसैगरि सुशिल तण्डुकार A Pos. र न्हुछेरत्न बज्राचार्य,बाबुराजा प्रजापति B Pos. र बिजयसागर प्रधान,दिपु तण्डुकार AB Pos.  र मुक्तिरत्न बज्राचार्य,तेजबहादुर तण्डुकार O Pos. र महेशकुमार श्रेष्ठ हुनुहुन्छ ।

समारोहका अतिथिहरूले रक्तदाताहरूकाे महत्त्व र रगतबारे चर्चा गर्नुभएको थियोे भने प्रमुख  अतिथिकाे मन्तव्यकाे पूर्ण अंस “याे बिशेष कार्यक्रमका सभापति प्रेमसागर कर्माचार्यज्यू,
WHO का प्रतिनिधि डा.सम्भाजिराओ पाण्डवज्यू,
नेपाल स्वयंसेवी रक्तदाता समाजका प्राबिधिक सल्लाहकार डा.बिशेष पाैडेलज्यू,
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जन भट्टज्यू
श्रध्दाचारी गुरूमाँज्यू,
नेपाल रेडक्रस साेसाइटीका अध्यक्ष सुदर्शन नेपालज्यू
डा.कपेन्द्रशेखर अमात्यज्यू,
केन्द्रीय रक्तसञ्चार सेवा नेरेसाेका निर्देशक
पवनकुमार गुप्ताज्यू,
रेडियो नेपाल संगीत शाखा प्रमुख मनराजा नकर्मीज्यू र यहाँ उपस्थित सबै पत्रकार तथा भद्र महिला एवं सज्जनबृन्द सबैमा नमस्कार एवं अभिबादन !
बिसाैं बिश्व रक्तदाता दिवसकाे उपलक्ष्यमा सर्वप्रथम सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु । रक्त सञ्चारकाे मूल स्राेत भनेकै स्वयंसेवी रक्तदाताहरूमा हुन् । हामीले हामीसंग भएको सिमित स्राेत साधनकाे माध्यमबाट रक्त सञ्चार सेवालाई सबैको पहुँकाे बिषय पूर्णरूपमा बनाउन सकिएकाे छैन । यद्यपि याे स्वयंसेवीहरूकै बलबुट्टाबाट हालकाे परिणाम हात पार्न फसल भइरहेका छाैं ।
शुरूकाे वर्ष १५७ जनाबाट रक्तदान गराउँदै अहिलेसम्ममा लाखौंको संख्यामा रक्तदाताहरूबाट रक्तदान गराउन सफल भइसकेको अवस्था छ । भने हामीले समयसापेक्ष गुणस्तरीय प्रबिधिहरूकाे प्रादुर्भाव भने सन्ताेषजनक तवरले गर्न सकिएको छैन ।

“20 years of celebrating giving :
Thank you, blood donors !”
“रक्तदाताहरूलाई धन्यवाद अर्पणका बिसाैं वार्षिक समारोह !” मूल नाराका साथ हामी बिश्व रक्तदाता दिवसकाे बिशेष समारोहमा छाैं । संसारभरका स्वयंसेवी रक्तदाताहरूलाई म आजकाे याे पुनीत दिनकाे उपलक्ष्यमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
यस समाजले रक्तदाताहरूलाई बिभिन्न माध्यमबाट उत्प्रेरित गराउँदै आईरहेकाे र नयाँनयाँ रक्तदाताहरूलाई संख्यात्मक बृध्दि गराउँदै लगि रहेकाे मलाई बाेध छ । यसरी याे समाजलाई आफ्नो लक्ष्य र उद्देश्य हाँसिल गर्नमा सबैकाे साथ सहयोगकाे जरुरत पर्न सक्द छ । हामी सबैले यसमा सारथिकाे भूमिका निर्वाह गर्नु पर्दछ ।
नि:शुल्क दिएको रगतमा शुल्क लिएर ब्यापार भईरहेकाे गुनासाेलाई हामीले सम्बाेधन गर्न सकिएको छैन । यसै सिलसिलामा तपाईंहरूले नेपाल सरकार समक्ष पेश गर्नुभएको ज्ञापन-पत्रले सार्थक पाउनु पर्छ भन्ने ठम्याइ छ । याे बिषयमा मन्त्री परिषद् भित्र गम्भीर छलफलकाे लागि म पहल गर्ने छुँ । चाँडै नै सकारात्मक सन्देश दिन याे सरकार सफल हुने बिश्वास दिलाउन चाहन्छु ।
अन्तमा,आजकाे याे बिश्वब्यापी माउँदै गरेकाे बिश्व रक्तदाता दिवसकाे उपलक्ष्यमा समस्त रक्तदाताहरूमा नेपाल सरकारकाे तर्फबाट हार्दिक धन्यवाद,बधाई एवं शुभकामना अर्पण गर्न चाहन्छु । धन्यवाद !
अवसरमा हालै मात्र ३३००+ काे उचाइमा रहेकाे खप्तडमा पुगि रक्तदान गर्नुहुने प्रेमप्रसाद लम्साल बर्दिया,गाेबिन्द वाग्ले बाँके,शिखर नगरपालिका पूर्वप्रमुख सीताराम जाेशी डाेटी र बिमल भित्राकाेटी काठमाडौंलाई सम्बाेधन गर्दै कदर एवं बधाईका साथै धन्यवाद व्यक्त गरिएको थियोे ।
बिश्व रक्तदाता दिवसकाे पुनीत अवसरमा हरिशरण लामिछाने समेतकाे सम्वाद सहितकाे गायिका : निर्मला घिसिङ,संगीत : मनराजा नकर्मी र रचना : प्रेमसागर कर्माचार्यकाे याे गीत –
– संयाेग मात्र बन्न सक्ला , याचिकाले गरेकाे बिलाैना अब उप्रान्त कसैले भाेग्न नपराेस् । हाम्रो अभियानले यहि भन्छ ।

दैव भन्ने तिमी कहाँ छाै ?
ईश्वर भन्ने तिमी कहाँ छाै ?
भन भन भनन भन
याे विपद् बुझ्ने काे कहाँ छाै ?

भन्छ छिटाे ल्याउ रगत
कहाँबाट ल्याउँ रगत ?
भन्छ ल्याउ छिटाे रगत
कहाँबाट ल्याउँ म रगत ?
यता खाेजें छैन,उता खाेजें छैन
जताततै हेरें कहिँ कतै पाईन !
मृत्युको शैय्याबाट काल फर्काउँ कसरी ?

यिनकाे पीडा आफ्नै ठानाैं अब हामी सब लागाैं
रक्तदान गर्न,रक्तदान गराउँन हामी सब लागाैं ।

– रक्तदाताले मात्र समस्या याे टार्न सक्छ ।
– सन्देश फैलाउँन सके रक्तदाता जुट्न सक्छ ।
– केवल रक्तदानले समाधान याे हुन सक्छ ।

निर्दयी काेहि छैन,निर्माेही काेहि छैन
रक्तदान गर्न काेहि कहिं कतै कमी छैन ।

-रक्तदानबाट तपाईंको बिरामीलाई रगत जुटाएँ है !

कर्म यही हाम्रो धर्म यही मानव हुनुमा गर्व यही !

बाेलकाे रक्तदान जागरण गीत र “हाम्रो रगत” नामक पत्रिका समेत प्रमुख अतिथिद्वारा लाेकार्पण गर्नुभएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे सभाध्यक्षमा आयाेजित साे भव्य अनि सभ्य कार्यक्रमकाे सञ्चालन डा. घनश्याम खतिवडाले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article