हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

पुर्व शिक्षक अर्जुनले गरे विद्यार्थीहरु लाई पोसाक वितरण

अभिषेक खतिवडा/हल्दिबारी । झापाको हल्दिबारी वडा नंं -२ मा रहेको राष्ट्रिय एकता आधारभूत विद्यालयमा पुर्व शिक्षक अर्जुन पौडेलले आज एक कार्यक्रमका विचमा विद्यालयमा पोसाकको कपडा वितरण गरेका छन।

Advertisement

लक्षित छात्रवृत्ति नपाउने विद्यार्थीको मनोभावनालाई सम्बोधन गर्ने हिसाबले पौडेलले विद्यालयलाई आफुले सहयोग गरी १५ जना विद्यार्थीलाई पोसाक वितरण गरेको जानकारी दिनु भएको छ ।

Advertisement

विद्यालयका प्रधानाध्यापक द्वारिका सुवेदीले पुर्व शिक्षक पौडेलले विद्यालयलाई सहयोग गरेर विद्यार्थीहरुको मुहारमा खुशी दिलाइदिनु भएकोमा विद्यालयको तर्फबाट धन्यवाद दिनुभएको छ । यो कार्यलाई उहाँले निरन्तरता दिने बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)