स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

सेतीदेवी खाँडादेवी युवा क्लबको आयोजनामा ५५ जनाले गरे रक्तदान

काठमाडौं/सेतीदेवी खाँडादेवी युवा क्लब लिसंखुपाखर – ७, सिन्धुपाल्चोकद्वारा नागेश्वरी,तीनचुले,बाैध्दमा प्रथम पटक आयाेजित रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५५ जनाले रक्तदान गरि सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई क्लबका अध्यक्ष सुबाष रसइलीद्वारा खाडा लगाइ सम्मान गरिएको साे कार्यक्रमकाे शुभारम्भ क्लबका अध्यक्ष सुबाष रसइलीलाई रक्त संकलन थैली प्रदान गरि गरिएकाे थियो ।
सहभागी रक्तदाताहरूलाई क्लबका अध्यक्षद्वारा प्रमाण-पत्र बितरण गर्नुभएको थियो ।

Advertisement

साे रक्तदान कार्यक्रममा अतिथिहरू क्रमशः चाैहान समाजका अध्यक्ष बिष्णु चाैहान,नागेश्वोरी टोल सुधार समितिका अध्यक्ष लाक्पा पुर्ब शेर्पा,लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा साेहि गाउँपालिका सदस्य रबीन्द्र दर्नाल,कमल दर्नाल र प्रकाश रसइली हुनुहुन्थ्यो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article