समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गरिबसंग बिस्वेश्वरले १५ जना महिलालाई दियो १५ दिने सेनटरी प्याड ,डाइपर तथा झोला बनाउने तालीम

हल्दिवारी गाउँपालिका गरिबसंग बिशेस्वर कार्यक्रम अन्तरगत १५ दिने सेनटरी प्याड ,डाइपर तथा झोला बनाउने तालीम आज मंगल्बारबाट सम्पन्न भएको छ।

Advertisement

वडा अध्यक्ष होम प्रसाद चुडालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियोे ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि रवीन्द्र प्रसाद लिङ्देन ,वडा अध्यक्ष होम प्रसाद चुडाल ,कार्यपालिका सदस्यहरु गिता भण्डारी ,सर्मिला बि. क , गाउँ पालिका प्रसासकिय अधिकृत राजन न्यौपाने , गरिबसंग बिस्वेश्वर जिल्ला समन्वय कर्ता संझना लोहनी ,प्रशिक्षक मुना अधिकारी तथा तालिममा सहभागी भिम कला सुहाङ्ले आ अफ्नो मन्तव्य राख्नु भएको थियोे ।

तालिम लिएकाले व्यसाय गरे गाउँपालिकले सहयोग पुर्याउने तथा तालीमलाई तालिममै सिमित नराख्न सहभागीहरुलाई अनुरोध गरिएको थियोे ।

फाल्गुन १३ देखि आज चैत ४ सम्म संचालन भएको १५ दिने तालिममा ३,४,५ का १५ जना महिलाहरुको सहभागीता रहेकोे र २ लाख ५० हजार रुपैया गरिबसंग बिस्वेश्वर कार्यक्रम अन्तरगत लक्ष्यित समुहका महिलाहरुलाई तालीम दिईएको जलथल गरिबसंग बिस्वेश्वर कार्यक्रम सहजकर्ता मिना उप्रेतीले जानकारी दिएकी छ्न ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article