हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

अर्जुनधारामा अङ्ग्रेजी शिक्षकहरूको दुई दिने सम्मेलन सम्पन्न

हल्दिबारी । अर्जुनधारा नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू मा अध्यापन गराउने अङ्ग्रेजी शिक्षकहरूको दुई दिने सम्मेलन बुधबार सम्पन्न भएको छ।। सम्मेलनले नगरस्तरीय अङ्ग्रेजी विषयगत समिति समेत गठन गरेको छ।

Advertisement

समितिमा संगीता खरेल डाँगी ,रामचन्द्र आचार्य ,ओम आचार्य, मिनीता काफ्ले ,भद्र घिमिरे , प्रीतिका परियार र धरणी प्रसाद सुवेदी रहेका छन्। नगरपालिका क्षेत्रमा अङ्ग्रेजी विषय शिक्षणमा आइपर्ने समस्याहरू अंग्रेजी शिक्षक हरूको पेशागत दक्षता अभिवृद्धि गर्ने साथै नगरपालिकाको सहकार्यमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरू सञ्चालन गर्ने उद्देश्यका साथ नगरस्तरीय अंग्रेजी विषय शिक्षक सञ्जाल गठन गरिएको नगर शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिनुभयो।

Advertisement

नगरमा पहिलोपटक अङ्ग्रेजी शिक्षकहरूको सम्मेलन गरी अङ्ग्रेजी भाषा शिक्षणमा देखापरेका समसामयिक समस्याहरू र त्यसलाई समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव तोयानाथ रेग्मीले बताउनुभयो। उपसचिव रेग्मीका अनुसार दुई दिने सम्मेलन अत्यन्त फलदायी भएको र आगामी दिनमा समेत यस प्रकृतिका सम्मेलन तथा विषयगत गोष्ठीहरू नियमित रुपमा सञ्चालन गरिने उहाँको भनाइ थियो।

सम्मेलनको समापन समारोहमा नवगठित अङ्ग्रेजी विषय समिति ले हरेक विद्यालयमा अङ्ग्रेजी विषय समिति गठन गर्ने र सोको जानकारी नगरस्तरीय विषयगत समितिलाई गराउने जानकारी दिएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षकहरूको पेशागत अभिवृद्धि तथा गुणस्तरीय शिक्षा प्रदान गर्न नेल्टासँग आवश्यक विज्ञता तथा विज्ञ प्रशिक्षकहरू रहेको जानकारी गराउँदै नगरपालिकाले चाहेमा त्यस्ता सेवाहरू उपलब्ध गराउने जानकारी दिनुभयो।

शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत सुनिता भट्टराईले नगरपालिकाले शिक्षकहरू को गुणस्तर अभिवृद्धि गर्ने कुरामा कुनै पनि कसुर बाँकी नराख्ने तर शिक्षकहरूमा समेत जागरुकता र क्रियाशीलता हुनुपर्ने बताउनुभयो। अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोग तथा अंग्रेजी शिक्षकहरूको संगठन नेल्टा झापाको आयोजनामा सञ्चालित दुई दिने सम्मेलनको अध्यक्षता नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीले गर्नुभएको थियो। सम्मेलनमा वरिष्ठ प्रशिक्षक रुद्रबहादुर थापा, जेनी राई , डा भीक्टोर जोसेफ, धर्मेन्द्र भट्टराई, टिकाप्रसाद सुवेदी र टेकनाथ शर्मा वाग्लेले विभिन्न विषय मा प्रशिक्षण दिनुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)