शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विद्यार्थी संगठनहरूले बुधबारदेखि कालोबजारीको अनुगमन गर्ने

काठमाडौँ। विश्व महामारीका रुपमा फैलिरहेका कोरोनाभाइरसको त्रासका कारण बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कालोबजारी बढी रहेको बेला त्यसका विरुद्धमा विद्यार्थी संगठनहरू एकजुट भएका छन्।

Advertisement

कोरोनाभाइरस संक्रमण फैलन सक्ने त्रासकाबीच बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिदै विद्यार्थी संगठनहरूले एकीकृत रूपमा बजार अनुगमन गर्ने बताएका छन्।

Advertisement

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, समाजवादी विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनको मंगलबार काठमाडौंमा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो।

सरकारले कोरोनाबाट बच्न र सतर्कता अपनाउन आग्रह गरेसँगै कालोबजारी बढेको हो। यस्तो संवेदनशील अवस्थामा मौका छोपेर व्यापारीहरूले एलपी ग्यास, चामल, दाल, चिनी, तेललगायतका सामग्रीमा मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गरेपछि बजार अनुगमन गर्ने निर्णय गरेको विद्यार्थी नेताहरुले बताएका छन्। विद्यार्थी संगठनहरुले बुधबार ९भोलि० बिहानबाट बजार अनुगमन सुरु गर्ने भएका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article