हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

छ किलोग्राम चरेससहित एक जना पक्राउ

काठमाडौँ , नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

Advertisement

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

Advertisement

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)