कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “वेचैन!!!!”

कविता: “वेचैन!!!!”

Advertisement

ओहो!
यो कस्तो वेचैन ?
झा….र पात पक्कै होइन।

Advertisement

उसको प्रवेश सङ्गै
विपरित मेरु पनि अङ्कमाल गर्छन् ,
दक्षिण र उत्तर ध्रुवहरु
राता रात लगन गाँठो बान्छन्।

कस्तो हो यो वेचैन?
मन बारालिन्छ,
असुरक्षा व्याप्त हुन्छ ,
लुग लुग खुट्टा कामछन् ,
पाताल मै लुकौ लुकौ लाग्छ!

सरकार!
केही त गरिदेऊ?
ढाक छोप पारिदेऊ,
मनको ढर
थ..र ,थ…..र
कम्पित हाम्रो भविष्य

गुहार! गुहार!
सुन्दैन, वैरो सरकार,
देख्दैन, अन्धो कानुन
बचाँऊ त कसरि आफुलाई ?
शान्त पारौं त कसरि?
मनको वेचैनलाई।

डरको अघि जित छ रे
उखानमा सुनेको कुरा।
टुक्का तैयार पारियो
अनि अट्टहास गरियो…..
रक्त बीच जन्माउछौँ!!!!!!

स्वार्थ मिलो
डर भगाउने।

हो!
कसैले रगत थुपारे,
कसैले पसिना बटुले,
लाजै बेचिदिए नाङ्गै
उलङ्ग भो अभिप्राय
अनि,
हो अनि मात्र
मनको वेचैन फर्कियो।
आहा!
अति सुरक्षित छ मेरो समाज
कत्ति निर्मल छ मेरो मिजाज??????

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article