धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

आज साउनको पहिलो सोमबार, अर्जुनधारा सहित देशभरका शिवालयमा भक्तजनको भीड

झापा, ७ असार  । आज साउनको पहिलो सोमबार झापाको अर्जुनधारा लगायत देशभरका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।

Advertisement

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना गर्दा मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहेकाे छ ।

Advertisement

साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् भने यस वर्ष साउन महिनामा चार वटा सोमबार रहेकाे छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article