समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना भाइरस (कोभिड १९) : एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।कोरोना भाइरस (कोभिड १९)रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो ।

Advertisement

सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन ।

Advertisement

परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article