कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “थेत्तरा सपनाहरु”

कविता: “थेत्तरा सपनाहरु”

Advertisement

सपनाहरु थेत्तरा छन्
र त दोहोरि रहन्छन्।
चाहानाहरु लाज पचेका हुन्छन्
र त नाङ्गो चटकी देखाउछन्।
उमङ्गहरु झन् भुस तिघ्रे छन्
र त कहिले थाक्दैनन्।
अनि,
जिबनहरु बग्रेल्ति उम्रिन्छन्
र त सखाप कहिले हुदैनन्।
हो!
शक्तिले रुप बदलिए जस्तै
कहिले उ शीत निद्रा बाच्छ,
संहारी खहरे खोला बन्छ,
हिमाल भै चुचुरो सजाउँछ,
पोखरी मा बन्द जीवन रमाउछ,
सागर भै समाधिमा लिन हुन्छ
या बाष्पमय चोला ओड्दै
पुनर जन्मको चक्र दोहोर्याउछ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article