हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारले गरेको निर्णय निर्णय बेवास्ता गर्ने विद्यालयलाई कार्वाही गर्ने : डम्बरबहादुर गिरि

जलथल । चिनबाट सुरु भएर अन्तर्राष्ट्रिय रूपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले गरेको निर्णयको हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरिले स्वागत गर्नु भएको छ। 

Advertisement

उपाध्यक्ष गिरिले हल्दिवारी डटकमसग कुरागर्दै सरकारले ढिलै भएपनी सहि निर्णय गरेर विद्यार्थीहरुको भविस्यलाई महत्त्व दिएकोमा सरकारलाई धन्यवाद दिनुभएको छ। SEE परिक्षा रोकेर सरकारले सहि निर्णय गरेको भन्दै हतास नहुन विद्यार्थीलाई अनुरोध समेत गर्नु भएको छ।

Advertisement

हल्दिवारी गाउँपालिकामा अध्यनरत विद्यार्थीलाई घरमै बसेर अध्यन गर्न समेत उपाध्यक्ष गिरिले अनुरोध गर्नु भएको छ ।

हल्दिवारी क्षेत्रमा संचालित विद्यालयहरुले सरकारले गरेको निर्णय अभिलम्भ पालाना गरि विद्यार्थीको भविस्यमा खेलवाड नगर्न समेत अनुरोध गर्नु भएको छ।

सरकार र गाउँपालिकाको सूचनालाई बेवास्ता गरि कुनै दुर्घटना भएमा संबंधित सरकारी तथा निजि विद्यालय जवाफ देहि हुनु पर्ने समेत उपाध्यक्ष गिरिले बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)