हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

मोरानको स्वास्थ्य शिविरमा ३१४ जनाले निशुल्क सेवा लिए

भद्रपुर । भद्रपुर ६ स्थित मोरान मेमोरियल स्कुलले सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ३१४ जनाले सेवा लिएका छन् ।

Advertisement

भद्रपुर, हल्दिवारी तथा कचनकवलका सिमान्तकृत विपन्न नागरिकका लागि लक्षित गरेर सञ्चालन गरेको स्वास्थ्य शिविरमा बाल रोग, फिजिसियन, आँखा, नाक, कान, घाँटी र दन्त रोगको उपचार सेवा निशुल्क प्रदान गरिएको हो ।

Advertisement

नेपाल डटर्स अफ दि क्रस भद्रपुर–६ को तत्वाधानमा नेपाल जेसुईट संस्थाको प्रायोजन र ओम साई पाथिभरा अस्पताल भद्रपुर एवं मेची नेत्रालय काकरभिट्टाको प्राविधिक सहयोगमा मोरेन मेमोरियल स्कुल भद्रपुर–६ को परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समन्वयकर्ता गोविन्द कोइरालाले जानकारी दिए ।

उनका अनुसार विभिन्न ३१४ व्यक्तिको स्वास्थ समस्या अन्तरगत ओम साई पाथभरा अस्पतालको विशेषज्ञ टोली फिजिसियन, स्त्री रोग, बाल रोग, दंत परीक्षण र मेची नेत्रालय काकरभिट्टाको टोलीले आँखा जाँच गरेका थिए भने विरामीलाई निशुल्क ओैषधि वितरण समेत गरिएको थियो ।

डटर्स अफ दि क्रसका अध्यक्ष अम्बर बिष्टको अध्यक्षता तथा प्रमुख अतिथि भद्रपुरं–६ का वडाध्यक्ष रतिया राजवंशी रहेको शिविर उद्घाटन कार्यक्रममा डटर्स अफ दि क्रसको तर्फबाट सुपेरियर सिस्टर बिन्दु एफ सिले स्वागत गरेको कार्यक्रममा भद्रपुर उप प्रमुख राधा कार्की, गुरुकुलकी अध्यक्ष शान्ता वराल, सामाजिक अभियन्ता आशा फुंयल लगायतले अवलोकन निरीक्षण गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)