स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अब दक्षिण–पूर्वी एशियाका देशमा कोरोना संक्रमणको खतरा

अब दक्षिण–पूर्वी एशियाका देशमा कोरोना संक्रमणको खतरा

Advertisement

विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले अहिले युरोपियन देशका भिषण महामारीको रुप लिएको जनाएको छ ।

Advertisement

चीनपछि अहिले इटाली सबैभन्दा बढी कोरोना संक्रमणको मारमा रहेको छ । इटालीमा बुधबार मात्रै ४४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

डब्ल्युएचओले अब कोरोना भाइरसको महाभारी दक्षिण–पूर्वी एशियाका देशहरुमा देखिने भन्दै समयमै क्षति न्युनिकरणका लागि समयमै सचेत हुन चेतावनी दिइसकेको छ । दक्षिण पूर्वी एशियाकै भारत पाकिस्तानमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालिसकेको छ ।

हालसम्म भारतमा तीन जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । यस्तै पाकिस्तानमा आज ९बिहीबार० कोरोनाबाट दुई जनाको ज्यान गएको छ । यता नेपालमा भने हालसम्म कोरोनाको एक जना संक्रमित देखिएको भए पनि उनी निको भएर घर फर्किसकेको सरकारले जनाएको छ ।

नेपालमा हालसम्म पाँच सय बढीको कोरोनाको नमूना परीक्षण गरिएको भए पनि कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी हुन् हालसम्म कोरोना भाइरसको संक्रमण नदेखिएका १८ देश

आज ९बिहीबार० सम्म उतर कोरिया, बर्मा, तुर्किमिनिस्तान, मदागास्कर, मोजाम्बिक, जिम्वावे, बोत्साना, एङ्गेला, दक्षिण सुडान, चाड, लिविया, नाइजर, माली, यमन, सिरिया, किर्गिस्तान, पपुवान्यूगिनी र भ्याटिकनसिटीलगायतका देशमा कोरोना संक्रमणका बिरामी फेला परेका छैनन् । यी देशले हालसम्म आफ्नो देशमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएको औपचारिक जानकारी दिएका छैनन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article