समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारी आधारभूत अस्पतालमा विहान ७ बजे देखी नै ओपिडी सेवा सुरु

हल्दीबारी, ५ भदौ । हल्दीबारी गाउँपालिकामा संचालित १५ बेडको आधारभुत अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बिहान ७ बजे देखी बेलुकी ५ बजे सम्म संचालनमा ल्याएको छ ।

Advertisement

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन महेन्द्रका अनुसार अस्पतालमा आकास्मिक सेवा २४ घण्टा प्रदान गरि रहेको अवस्थामा सर्वसाधरण जनताको सुविधाको लागि सार्वजनिक विदा बाहेक प्रत्येक दिन बहिरङ्ग (ओपिडी) सेवा भदौ १ गते देखी संचालनमा ल्याएको हो ।

Advertisement

अस्पतालमा बिमा सेवा समेत ल्याए पछि प्रत्येक दिन १०० देखी १५० सम्म बिरामीहरु उपचारको लागि आउने गरेको प्रमुख प्रशासकीय अधिकृत बन बताउनु हुन्छ । वहाँका अनुसार गाउँपालिकाले अस्पताल संचालन गर्न ३ जना मेडीकल अफिसर सहित २१ जना कर्मचारीहरुको व्यवस्था मिलाएको छ । जसमा ३ जना स्थायी कर्मचारी समेत रहेका छन् । अस्पताललाई आवश्यकता पर्ने जनशक्ति र प्राविधिक पक्षलाई ध्यानमा राखि अस्पताल संचालनमा ल्याएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत बनले चाँडै एक्स–रे सेवा समेत संचालन गर्ने तयारी गरेको बताउँनु भयो ।

गाउँपालिकाले संचालन गरेको आधारभुत अस्पतालमा इसिजी सेवा २४ सै घण्टा, भिडियो एक्से–रे सेवा आइतबार, मंगलबार र विहीवार संचालन गर्दै आएको छ भने आकस्मीक सेवा २४ सै घण्टा, बहिरङ्ग (ओपिडी) सेवा विहान ७ बजे देखी बेलुका ५ बजे सम्म संचालन गर्दै आएको छ । त्यस्तै प्रयोगशाला सेवा विहान ७ बजे देखी बेलुका ७ बजे सम्म, फार्मेसी सेवा, ड्रेसिङ्ग सेवा र अन्तरङ्ग सेवा २४ सै घण्टा संचालन गर्दै आएको अस्पतालले जनाएको छ । त्यसै गरि मातृ तथा परिवार नियोजन सेवा र पोषण सेवा समेत विहान १० बजे देखी ५ बजे सम्म संचालन गर्दै आएको अस्पतालका सुचना अधिकारी जय बहादुर बोहोराले जानकारी दिए ।

नेपालमा संचालन भएका आधारभुत अस्पतालहरु मध्ये विहान ७ बजे देखी नै बहिरङ्ग (ओपिडी) सेवा र २४ सै घण्टा आकस्मीक सेवा संचालन गर्ने हल्दीबारी गाउँपालिका पहिलो रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article