समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

लायन्स क्लब अफ कनकाई दुर्गापुरद्वारा एकै दिन २ बिधालयमा निशुल्क आँखा परिक्षण

– रिजन तिम्सिना / झापाको कनकाई नगरपालिका वडा नम्बर ७ को लायन्स क्ल्ब अफ कनकाई दुर्गापुरले हिजो एकै दिन दुई वटा बिधालयमा निशुल्क आखा शिविर संचालन गरेको छ ।

Advertisement

मेची आखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोग र आई केयर फाउनडेसनको सहयोगमा कनकाई १ स्थित मर्निङ ग्लोरी र कनकाई २ स्थित पन्चकनिया प्रा वि बिधालयमा निशुल्क आखा परिक्षण शिविर संचालन गरिएको तथा आवश्यकता अनुसार निशुल्क चस्मा वितरण समेत गरिएको लायन्स क्ल्ब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजालले जानकारी गराउनु भएको छ । सो शिविरमा बिद्यार्थी र अभिभावक गरि जम्मा ३०० भन्दा बढिले आखा जाच गराएका थिए ।

Advertisement

निशुल्क आखा परिक्षण शिविर कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजालले गरेका थिए भनी कार्यक्रमको प्रमुख अतिथिको रुपमा २०२४/२५ का डिस्टिक गोभर्नर लायन बिकास अधिकारी रहनुभएको थियो ।

प्रथम उपजिल्ला गभर्नर लायन बोबोरजङ्ग थापा, दोस्रो उपजिल्ला गभर्नर लायन लिला प्रसाद चिमरिया, मन्त्रिपरिषद् सचिव लायन उदयनारायण बराल, क्लब चार्टर अध्यक्ष दीपक खतिवडा क्लबका अध्यक्ष ए. संयोजक साजन श्रेष्ठ, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष लायन रुपनारायण खतिवडा, मर्निंग ग्लोरीका सस्थापक अशोक न्यूपाने र गोमा न्यौपाने उपप्राचार्य टिना नेमावाङ, कोटिहवन अध्यक्ष शेर वाहादुर थापा, जामुनखाडी सावन अध्यक्ष परशुराम गिरी लागायतको सहभागी रहेको कार्यक्रमको संचालन लायन्स क्ल्ब अफ कनकाई दुर्गापुरका सचीव दिपक ओलिले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article